Shittalpati
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु ३ घाइते, (हेर्नुहोस विवरण सहित)

गुल्मी, गुल्मीमा जीप दुर्घटना भएको छ । आज विहान ७ बजेको समयमा इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी ५ जनाको मृत्यु, तीन जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा ईश्मा ४ हुलका ६५ वर्षीय डम्मर बहादुर हितान, सोही ठाउँका ३३ वर्षीय शिब बहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी ३३ वर्षीय धन बहादुर अछामी, मालिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको प्रहरी चौकी इस्माले जनाएको छ । उनीहरु ५ जनाकै घटनास्थलमा मृत्यु भएको हो । मृतक मध्ये शिव बहादुर दर्लामी पाल्पामा नेपाली सेनामा कार्यरत बहाल र धन बहादुर अछामी पनि बहालवाला नेपाली सेना रहेको जनाइएको छ ।

जीप एक्कासी अनियन्त्रित भई सडकबाट ४ सय मिटर तल खस्न पुगेको वडा अध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए । गाडीमा चालक सहित १० जना सवार रहेको बुझिएको छ । जसमध्ये तीन जना घाइते रहेका छन् । अन्य बेपत्ता रहेको प्रहरी चौकी ईस्माले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेहरुमा हुलका १९ वर्षीय फर्सुराम थापा, सोही ठाउँकी २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल हितान रहेका छन् । घाइते थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दर्लामीको एउटा हात भाचिएको छ भने हितानको हातमा चोट रहेको जनाइएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको वडा अध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए । चालक बुद्ध बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । बेपत्ता दुई जनाको भने खोजी कार्य जारी छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update