Shittalpati
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु २ घाइते , एक बेपत्ता

गुल्मी, गुल्मीमा जीप दुर्घटना भएको छ । आज विहान ७ बजेको समयमा इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी ५ जनाको मृत्यु, दुई जना घाइते र एक जना बेपत्ता भएको वडा अध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार लु १ ज ११६६ नम्बरको जीप सडकदेखि करिब सात सय मिटर तल खस्दा ४ पुरुष र १ महिलाको घटनास्थलमै ज्यान गएको हो । मृतक, घाइते र बेपत्ताको ठेगाना भने खुल्न सकेको छैन । जिल्लाबाट प्रहरीको टोली घटनास्थलतर्फ लागेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update