लुम्बिनी प्रदेशप्रति आपत्ति
बुटवल । मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश पाँचलाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति आपत्ति जनाएको छ । नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर लुम्बिनी नामाकरण ‘महेन्द्रकालीन’ भएको टिप्पणी गर्दै आपत्ति प्रकट गरेका छन् ।
मगर संघका अध्यक्ष नवीन रोका मगर र मगरात संयुक्त संघर्ष समितिका संयोजक बोम दर्लामी मगरले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा प्रदेशको नाम लुम्बिनी राखिनु मगरातबासी जनताको चाहना विपरीत, नेपालको संविधान र संघीयताको मर्म विपरीत कार्य भएको उल्लेख छ । उनीहरुले प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्


