Shittalpati
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु

पाल्पा । लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको दाङ, रुपन्देही, कपिलवस्तु र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो । प्रादेशिक प्रहरी कार्यालय दाङका अनुसार दाङमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दाङ लमही नगरपालिका ९ रिहार नजिकै पूर्व पश्चिम राजमार्गमा बा १ ञ २२३१ नं.को विद्युत प्राविधिकरणको गाडीमा सवार बाँके कोहलपुर नगरपालिका १० बस्ने ६६ वर्षीया गोमा सुवेदीको गाडीबाट खस्न गई मृत्यु भएको हो । उनी एक्कासी गाडीबाट खस्न गई घाइते भएकी थिइन् । घाइते उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

यस्तै रुपन्देहीमा एक बालक मृत अवस्थामा भेटिएका छन् । रूपन्देही मायादेवी गाउँपालिका ६ शिवपुरका रामकृपाल धवलको छोरा बर्ष ८ वर्षीय बालक घर नजिकैको पानीको खोल्सोमा मृत अवस्थामा फेला परेका हुन् । कपिलवस्तुमा पनि एक युवक मृत अवस्थामा फेला परेका छन् । कपिलस्तु शुद्धोधन गाउँपालिका ५ घेराउजोत कोठी नदिको बिच भागमा रुपन्देही लुम्बिनी सांस्कृती नगरपालिका १ खुनगाई बस्ने जोगी यादवका छोरा १८ वर्षका दिपक यादवको मृत अवस्थामा शव फेला परेको हो । घरपरिवारबाट केही दिन सम्पर्कविहिन भएका उनलाई आफन्ताले खोज्दै जाने क्रममा मृत अवस्थामा फेला पारेका हुन् । मृतकको बुवाले कपडाको आधारमा लास पहिचान गरेका थिए ।

यस्तै बर्दियामा पानीमा डुवेर एक बच्चाको मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका १ छोटकीटडुवाका ३ वर्षीय बालकको पानीमा डुवी मृत्यु भएको हो । उनी खेल्ने क्रममा सिचाई नहरको कुलोमा बग्दै गर्दा स्थानीयले देखि उद्दार गरेका थिए । उद्दारपछि ति बालकलाई अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update