पाल्पा । प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु भएको छ । प्रदेश पाँचका कपिलवस्तु,रुपन्देही, बर्दियामा भएका घटनामा तीन जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार कपिलवस्तुमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ६ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा चन्द्रौटाबाट मिसकट लोड गरी कृष्णनगरतर्फ जाँदै गरेको प्रदेश नं.०२–०३–००१ ख ०४८१ नं.को टिप्परले बिपरित दिशाबाट आउदै गरेको ग १२ प ७१०६ नं.को मोसाइकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार शिवराज नगरपालिका २ हल्लानगर डेरा गरी बस्ने ४० वर्षीया सुनिता बुढा मगर घाइते भएकी थिईन् । घाइते उनको शिवराज अस्पताल बहादरुगंजमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै रुपन्देहीमा खोलामा डुवी एक व्यक्तिको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका १७ कानपारा स्थित रोहिणी खोलामा सोही स्थानका ४५ वर्षीय बिष्णु मल्लाहको खोलामा डुबेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । बर्दियामा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ । बर्दिया बासँगढी नगरपालिका २ का १७ वर्षीय चित्र बहादुर खत्रीको विषादी सेवनबाट मृत्यु भएको हो । उनी सल्फास नामक बिषादी सेवन गरी गम्भीर विरामी भएका थिए । विरामी खत्रीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।


