पारिश्रमिक विधेयक प्रमाणीकरण
बुटवल । प्रदेश पाँचमा पारिश्रमिक विधेयक प्रमाणिकरण भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाबाट पारिश्रमिक सम्बन्धी विधेयक बिहीबार प्रमाणीकरण गरेका हुन् । प्रदेश सभाको यही साउन १५ गते बसेको बैठकले सो विधेयक पारित गरेको थियो ।
प्रदेश नं पाँच, प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएकोे छ ।–रासस
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्


