Shittalpati
सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर तीन जना घाइते

पाल्पा । सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत जिल्लाको तिनाउ गाउँपालिका ३ सिद्धबाबा मन्दिर नजिकै सडकदेखी माथिबाट खसेको ढुङ्गाले लागेर गाडीमा सवार तीन जना घाइते भएका हुन् । बुटवलबाट पाल्पा आउँदै गरेको लु २ च ४१५१ नम्बरको जीपमा सवार बगनासकाली गाउँपालिका–२,पोखराथोकका ३२ वर्षिय चुरामणी न्यौपाने, पैदल यात्री तिनाउ गाउँपालिका–२, दोभानका ५३ वर्षका लक्ष्मण श्रेष्ठ र सोही स्थानकी ४५ वर्षकी लक्ष्मी श्रेष्ठ घाइते भएका हुन् ।

शनिबार बेलुकी सवा ७ बजेको समयमा माथिबाट खसेको ढुङ्गाले लागेर उनीहरु घाइते भएका थिए । घाइते तीनै जनाको उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update