Shittalpati
रामपुरमा आरोग्य दिवस मनाइयो

पाल्पा, जिल्लाको रामपुरमा प्रथम अन्तराष्ट्रिय आरोग्य दिवस  मनाइएको छ । रामपुर नगरपालिकाको आयोजनामा बुधवार एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

‘आरोग्यताको आधार योग, ध्यान र आयुर्वेद उपचार’ भन्ने नारा सहित दिवस मनाइएको हो । आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सन्दिप रानाले नेपाल आयुर्वेद र योगको मुहान नेपाल भएको बताए । योग र आयुर्वेदको सुरुवात यहीँबाट भएको भन्दै  उनले आयुर्वेद पद्धतिको प्राकृतिक उपचार विधि पनि यहीँबाटै विकास भएको उल्लेख गरे । आयुर्वेदको प्रारम्भ नेपालबाट भए पनि यसको प्रबद्र्धन र  प्रभावकारी प्रयोगमा ल्याउन नसक्दा पूर्विय चिकित्सा उपचार पद्धतीको अगाडी ओझेलमा परेको सांसद रानाले बताए । आयुर्वेद र योग हाम्रो पहिचान भए पनि यसको निरन्तर प्रयोग र विकासमा ध्यान दिन आवश्क रहेको उनले बताए । सांसद रानाले रामपुर र समग्र कालिगण्डकी वेशीलाई बैदिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि तीनै तहका सरकारसँग समन्वय गरेर योजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश अर्थ उद्योग तथा पर्यटन समितिका सभापति एवं प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले स्वास्थ्य मानिसको सबै भन्दा ठुलो धन भएको बताउनुभयो । नसर्ने रोगबाट बच्नका र स्वस्थ जीवनका लागि योग र आरोग्य उपचार पद्धती महत्वपूर्ण रहेको बताए । यस्तै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले योग ध्यानले मानिसलाई निरोगी बनाई स्वस्थ जीवन जीउन सघाउ पु¥याउने बताए । स्वस्थ जीवनले मात्र मानिसमा सकारत्मक सोचको विकास हुने भन्दै स्वस्थ जीवनशैलीका लागि नियमित योग ध्यान महत्वपूर्ण रहेको उनले बताए । साथै योग र आरोग्य सेवाका लागि रामपुर नगरपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्ने  नगर प्रमुख थापाले बताए । कार्यक्रममा रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले संयुक्त राष्ट्र संघमा नेपालले प्रस्ताव गरेको कार्यक्रम अनुसार अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन शुरु गरेको बताए । साथै विश्वमा नसर्ने रोगको भयाभह भएका कारण यसको न्यूनिकरणका लागि योग तथा आरोग्य एक मात्र विकल्प  उनको भनाई छ । रामपुर नगर योग समितिका अध्यक्ष सुदिप गैरेले योग तथा ध्यानले मानसिक स्वास्थ्य सबल बनाई नैतिक ज्ञान समेत प्रदान गर्ने बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता, रामपुर आयुर्वेद अस्पताल रामपुर पाल्पाका प्रमुख चेमन प्रकाश पोखरेलको स्वागत, रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update