Shittalpati
विदेशी पर्यटकका लागि एनसेलको नयाँ योजना ‘टुरिस्ट सिम’

काठमाडौं (एजेन्सी), विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ लिन सक्नेछन् । यो योजना भ्रमण वर्ष २०२० को अवसरमा बुधबारबाट सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बण्डलि· गरिएको प्याकहरु लिन सक्छन् । नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित एक सय रुपैयाँमा टुरिष्ट सिमसहितको स्टार्टर प्याक लिन सक्छन् ।

यो प्याकमा पर्यटकले ३० रुपैयाँको मेन ब्यालेन्स र तीनदिन समयावधि भएको १ जीबी डेटा पाउँछन् । यो सिममा पे एज यु यो रेट भने लागु नहुने जनाउँदै पर्यटकहरुले आफ्नो नेपालको बसाइ र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तीस दिनसम्म समयसीमा रहेका विभिन्न पाँच प्याकमध्ये कुनै एक प्याक लिन सक्ने कम्पनीले जनाएको छ । पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएका कम्बो प्याकहरुमा तीन दिने प्याकको कर सहित २ सय ९० रुपैयाँ पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ ।

७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित ४ सय ९० रुपैयाँ तोकिएको छ भने कर सहित ९ सय ८० रुपैयाँ पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १ सय ४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याकलिन सक्छन् । अलिलामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याकलिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले कर सहित १ हजार ४ सय ७० रुपैयाँमा २८ जिबी डेटा र २ सय ८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत कर सहित २ हजार ८ सय ८८ रुपैयाँमा ८८ जिबी डेटा र ८ सय ८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउनेछन् ।

पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिएपछि एस्ट्रिक्स१७१०५Þयास डायल गरी प्राप्त निर्देशन अनुसार गर्न सक्नेछन् । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update