Shittalpati
राष्ट्रिय जनमुक्तिका उम्मेदवार अस्लामीको वाचा सार्वजनिक

पाल्पा, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव एवं पाल्पा क्षेत्र नं. २ का उम्मेदवार टोप बहादुर अस्लामी मगरले वाचा सार्वजनिक गरेका हुन् ।सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले स्थानीय र राष्ट्रिय मुद्धाहरुलाई प्राथमिकतामा राखेर प्रस्ताव र अपिल स्वरुप वाचा सार्वजनिक गरेका हुन् ।  

नेता अस्लामीले पाल्पालाई शैक्षिक केन्द्रको रूपमा पुनःस्थापित गर्दै समय सापेक्ष रूपमा प्राविधिक तथा सीपमूलक शिक्षाको व्यवस्थाको लागि पहल गर्ने,मगर, कुमाल, बोटे भाषा संरक्षण तथा प्रवर्धनका लागि स्थानीय पाठ्यक्रममा यी भाषामा सामाग्री तयार गरी भाषा संरक्षणका लागि पहल गर्ने, विभिन्न जातजातिको भाषा संरक्षणका लागि आवश्यक नीति, बजेट व्यवस्थापनको जिम्मा राज्यले लिने गरी नीति निर्माणमा जोड दिने, समाजमा चली आएका कला, संस्कृतिको संरक्षणमा सकारात्मक विभेदको नीति अख्तियार गर्न पैरवी गरिने वाचा गरेका छन् । यस्तै उनले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय स्थापना, सञ्चालन, प्रवर्धन तथा उत्पादन बेचबिखन र त्यसको स्थायित्वका लागि आवश्यक नीति निर्माणमा जोड दिने,पढ्दै कमाउँदै अभियान सञ्चालन गरी विद्यालय तहदेखि उच्च शिक्षा सम्म आयआर्जनका लागि अध्यनरत विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन तथा आवश्यक नीति निर्माणमा जोड दिने, धार्मिक, ऐतिहासिक पर्यटकीय तथा पुरातात्विक सम्पदा संरक्षण एवम् धार्मिक पर्यटन प्रवर्धन तथा आय आर्जनका लागि उपुक्त नीति निर्माण र कार्यान्वयनका लागि सरोकारवाला पक्षसंग छलफल गरी उपयुक्त कदम चालिने,आदिवासी, जनजाति, अल्पसंख्यक समुदायको भाषा, कला, संस्कृति संरक्षणमा टेवा पु¥याउन स्वरोजगारमूलक कार्यक्रम तथा घरबास (होम स्टे) अभियान सञ्चालन गरी आत्मनिर्भरताका लागि पहल गरिने प्रतिवद्धता जनाएका छन् ।

यस्तै अस्लामीले स्थानीय श्रोत साधनमा आधारित उद्योग, व्यवसाय, स्थापना सञ्चालनमा जोड दिने ,मुख्य लगानीमा सरकारले जिम्मा लिनु पर्ने गरी नीतिगत व्यवस्थाका लागि पहल गरिने, महिला, दलित, फरक क्षमता (विकलाङ) भएका व्यक्तिहरूलाई तीनै तहको सरकार, प्रशासन संयन्त्र तथा सामाजिक क्षेत्रमा निश्चित ढङ्गले महिला सहभागिताका लागि अनिवार्य नीतिगत व्यवस्थाका लागि जोड दिईने, स्वास्थ्य क्षेत्रमा सवल र जनहितकारी कार्यक्रम सञ्चालन गर्ने, मौजुदा स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि बीमा बोर्ड, स्वास्थ्य संस्था र सेवाग्राहीले निर्वाह गर्नु पर्ने दायित्व र जिम्मेवारी बारे अध्ययन गरी आवश्यक व्यवस्था गर्नका लागि जोड दिईने,हाल सम्म निर्माण भएका तर स्तरोन्नती गर्न बाँकी सडकहरूको काम तत्काल थालनी गर्ने, कालोपत्रे गर्ने काम आवश्यक्ता र प्राथमिकताका आधारमा गर्ने, नयाँ सडक निर्माण भन्दा भएकै सडक सुधार र उपयोग गर्ने रणनीति अवलम्बन गरी निर्माण बजेटलाई अन्य काममा उपयोग गर्ने कुरालाई जोड दिने संकल्प गरेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update