Shittalpati
घरदैलो कार्यक्रममा व्यस्त एमाले उम्मेदवार गैरे  

पाल्पा,आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट पाल्पा क्षेत्र नं. २ मा उम्मेदवार बनेका ठाकुरप्रसाद गैरे घरदैलोमा कार्यक्रममा व्यस्त छन् । उनले आफ्नो पक्षमा जनमत बढाउन चुनावी भेटघाटलाई तिव्रता दिएका हुन् ।

सोमबारदेखि रैनादेवी छहरा –४ को अमलाबासबाट चुनावी प्रचार अभियान सुरु गरेका उम्मेदवार गैरे मतदाताको घर–दैलोमा पुगेर मत मागी रहेका छन् । रैनादेवी छहराको मुझुङ, भालुखानबाट मतदाता भेटघाट सुरु   गरेका गैरेले अमलाबास, छहरा, मेहलढाप,तिनधारा सल्लेधारा हँुदै जुठापौवा, बल्डेङगढी र सत्यवतीका मतदाताको घर–घरमा पुगेका  छन् । मत माग्ने क्रममा उम्मेदवार गैरेले देशमा बढेको भष्ट्राचारको अन्त्य, सुशासन र  नवपुस्ताको मागलाई सम्बोधन गर्न एस पटकको निर्वाचन एमालेले जित्नुपर्ने बताएका छन्। यसका साथै उनले युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यतालाई अन्त्य गर्न स्थानीय स्तरमै सीप र उद्यमशीलतासंग जोडेर कार्यक्रम लागु गर्न आवश्यक भूमिका खेल्ने बताएका छन्। पश्चिम क्षेत्रको लाइफलाइन्का रुपमा रहेको हार्थोक छहरा मोटर बाटोको स्तरोन्नतिको काम सुरु भएको बताउदै समयमै गुणस्तरीय कामको सुनिश्चितासहित सम्पन्न गराउन आफ्नो पक्षबाट पहल गर्ने उम्मेदवार गैरेले प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update