Shittalpati
भन्सार छली गर्ने कार्यलाई निरुत्साहित गरौं

पछिल्लो समय भन्सार छली गर्ने क्रम बढेको छ । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ । दैनिक रुपमा सयौंको संख्यामा भन्सार छली हुँदासम्म सरकार र सम्बन्धित निकाय मौन हुने गर्दछन् । राजस्व छली महाअपराध हो । आफ्नै देशलाई ठगेर कमाइएको पैसाले त्यस्ता व्यक्तिको अतीत हुने निश्चित छ । तर, पनि राजस्वमा हुने छली रोकिनुको साटो बढ्नु अझै दुर्भाग्यपूर्ण छ । यस्ता गतिविधिमाथि छानविन र कारवाही हुन सकिरहेको छैन् । यस्ता  गतिविधि निरुत्साहित गर्न हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । यस वर्ष पनि गत सोमबार नेपालसहित विश्वभर  विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै विश्व भन्सार संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न आवश्यक ठानेर नै यो दिवस मनाउन थालेको हो । भन्सार प्रशासन कार्यलाई राजस्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज व्यवसायिक वातावरण निर्माण गर्नमा यो दिवसले महत्वपूर्ण टेवा पु¥याउने गर्दछ । तर नेपालमा भने भन्सार छली गर्ने क्रम नरोकिनु द्खद् हो । राजस्व बिना सरकार सञ्चालनको कल्पनासमेत गर्न सकिँदैन । त्यसैले राजस्व छल्ने विषय कसैलाई पनि मान्य हुँदैन । यो एउटा अक्षम अपराध हो । राजस्व छली वा चुहावट गर्ने जो कोहीलाई पनि कडा कानुनी कारवारही गर्न सक्नुपर्छ । सरकारी तहबाट यस्ता अपराधीको संरक्षण नहुने हो भने धेरै हदसम्म राजस्व ठगीमा नियन्त्रण हुन सक्छ । तसर्थ भन्सार छली गर्ने कार्यलाई सरकारी तवरबाटै निरुत्साहित गर्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update