Shittalpati
यात्रा गर्दा चिसोमा ध्यान दिऔं

विगत केही  दिनदेखि  तराइका क्षेत्रहरुमा शीतलहर चलेको छ भएको छ । शीतलहरका कारण त्यस क्षेत्रको जनजीवनमा असर परेको छ भने कतिपय ठाउँमा यातायातका साधनसमेत अवरुद्ध हुन पुगेका समाचारहरु आइरहेका छन् । यात्रामा जानेले विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ ।  देशभरिकै मौसम चिसो हुँदा प्रत्यक्ष असर यात्रामा निस्कनेहरुमा पनि पर्छ । पहाडी क्षेत्रमा सामान्यतया सरदर तापक्रम रहे तापनि तराई क्षेत्रमा शीतलहरको चर्को पीडा त्यहाँका बासिन्दाहरूले भोगिरहेका छन् । यो प्राकृतिक विषय भएको कारणले मानवीय प्रयासमा त्यसलाई हटाउन र नियन्त्रण गर्न पनि सकिने कुरा होइन । खालि त्यहाँ बसोवास गर्ने असक्त, वृद्धवृद्धा र विपन्न वर्गको जीवन सुरक्षित गर्नसम्म प्रयास गर्न सकिन्छ । प्रशासनले तराई क्षेत्रका इलाकाहरूमा विभिन्न चोकमा आगो ताप्नका लागि दाउराको व्यवस्था गर्ने जस्ता काम गरेपनि समाधान भएको हुँदैन ।

प्रत्येक वर्ष तराई क्षेत्रमा शीतलहरका कारणले केही व्यक्तिहरूको मृत्यु हुने गर्छ भने गर्मी महिनामा पनि तातो हावा (लू) मा परेर त्यहाँका मानिस मर्ने गर्छन् । यस्तो अवस्थामा सकेसम्म त्यस्ता मानिसलाई सहयोग गर्नुलाई सबैले आफ्नो दायित्व ठान्नुपर्ने हुन्छ । एकातिर व्यक्ति आफैंले सावधानी अपनाउनुपर्छ भने अर्कातिर सरकारले पनि उनीहरूका लागि सेवा, सहयोग, राहत, उद्धारको व्यवस्था गर्नुपर्छ । यतिमात्र होइन व्यक्ति, संघसंस्थाहरू पनि यसका लागि अग्रसर बन्नुपर्ने हुन जान्छ । यसरी सबैको साथ सहयोग पाएको खण्डमा विपन्न वर्गका मानिसको जनजीवन पनि सहज बन्न जानेछ । चिसो बढ्नु भनेको मानिसका चौतर्फी कार्यमा अवरोध सिर्जना हुनु हो । चिसोका कारण यातायात पनि प्रभावित हुनु स्वभाविक हो । पूर्व–पश्चिम राजमार्गको नारायणी पश्चिम र बुटवल पूर्वको खण्डमा यसको बढी प्रभाव देखिएको छ । जसका कारण यात्रुहरुले समेत समस्या भोग्न्ु परेको छ । चिसोको समयमा सकरभर यात्रामा न निस्कौं । निस्कनै परे मौसमयको अवस्था जानकारी दिएर न्यानो न्यानो कपडाहरु लगाएर मात्र निस्कौं । जसले गर्दा चिसोबाट बच्नुको साथै यात्रामा कुनै पनि दुख पाउनु पर्दैन । तसर्थ यसतर्फ सबैले ध्यान दिऔं ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update