दुर्गा प्रसाद अर्याल
दुई ठूला अर्थतन्त्र भएका छिमेकी देश चीन र भारतले विश्वमा आफूलाई दोस्रो र चौथो स्थानमा उभ्याई रहँदा हामी भने दुई ढुङ्गा बीचको तरुल हो भन्दै त्यसबाट लिन सकिने फाईदाका बारेमा बेखवर जस्तै छौं । देश विकासको नाममा अरवौ ऋण तथा अनुदान थप्न तम्सिने देश सञ्चालनहरु यो अवसरको फाईदा लिदै अर्थतन्त्रलाई समय अनुकुल सुदृढ गर्न खोजेको पनि देखिदैन् । पार्टी भित्र विवाद हुँदा ,सत्ता स्वार्थमा रुमलिदा दिल्ली र बेइजिङ धाउन तम्सनेहरु देश विकासको विधि त्यतैबाट ल्याउन ,नेपालमा प्रयोग गर्ने कुरामा खासै ध्यान दिन नसकेको विगत र वर्तमान हामी सामु रहेको छ । उनीहरुलाई देश भन्दा माथि आफ्नो राजनीतिक दल, जनता भन्दा माथि आफ्ना कार्यकर्ताको हितमा समय बेथित गर्दा गर्दै फुर्सद छैन् भन्दा खासै फरक पर्ने देखिदैन् । दुई ठूला अर्थतन्त्र भएका देशहरुबाट परस्पर लाभ ,अवसर तथा तरीकाहरु लिदै नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन सकिने सम्भावना हुँदा हुँदै पनि यसो गर्न नसक्दा नेपालको अर्थतन्त्रले समय अनुशारको गति लिन सकेको देखिदैन् । सन्तुलित कुटनीति ,स्पष्ट आर्थिक नीति र सुशान कायम गर्न सकेकमा देशले दुई ठूला अर्थतन्त्र भएका देशबाट लाभ लिन सक्ने प्रसस्त सम्भावना देखिन्छ । यहाँ चीनको अर्थतन्त्र ,भारतको अर्थतन्त्र ,नेपालले लिन सक्ने लाभ र यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
चीन र यसको अर्थतन्त्र :
विश्वको कारखाना भनेर चिनिने छिमेकी राष्ट्र चीनको अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादन २० दशमलव ८ ट्रिलियन अमेरिकी डलर ,आर्थिक वृद्धिदर ७ प्रतिशत र प्रतिव्यक्ति आय करीव १३ हजार ९ सय डलर रहेको छ । चीनले तीव्र रुपमा बढाउँदै लगेको आर्थिक गतिविधिले विश्वका देशहरुलाई आश्चर्यजनक र सोच मग्न बनाएको छ । विशवकै शक्तिशालि देश अमेरिकाको चीनसँग करीव २० प्रतिशत व्यापार घाटा छ भन्ने गरिन्छ । जेसुकै भए पनि १४० करोड जनसंख्याकाविच विकास गरिएका प्रविधि, सस्तो श्रम क्षमता र कम लागतमा गरिएको उत्पादनका काराण चीनको उत्पादनले विश्व बजारमा प्रभाव पारी रहेको छ । हरेक क्षेत्रमा आधुनिकता , वैज्ञानिक विधि र निरन्तर योगदान चीनको सफलताका पक्षहरु हुन् । चीनले इलोक्ट्रोनिक सामान ,कपडा ,अटोमोबाईलस,मेसनरी सामान ,कृषि क्षेत्रमा गरिएको तिव्र आधुनिकीकरण र रुपान्तरण सफलताका पक्षहरु हुन् । चीनको अर्थतन्त्र विश्वकै दोस्रो हुनुका केहि मुख्य पक्षहरुमा :
– विशाल श्रमशक्ति र यसको प्रयोग गर्न सक्नु ।
– न्यून लागतमा बस्तु तथा सेवाको उत्पादन ।
– सस्तो श्रमशक्ति ।
– सस्तो र गुणस्तरीय बस्तु उत्पादन ।
– विद्युतीय सामानको प्रमुख निर्यात कर्ता ।
– निर्यातमुखी अर्थतन्त्र ।
– आधुनिक र व्यवसायिक कृषि क्षेत्र ।
– नवप्रर्वनमा तिव्रता ।
– राज्य नियन्त्रित समाजवादी अर्थतन्त्रको असल अभ्यास ।
– विदेशी प्रत्यक्ष लगानीमा तिव्रता ।
– पूर्वाधारको अकल्पनीय तीव्र विकास ।
– ठूलो आन्तरिक बजार ।
– प्रविधियुक्त व्यवहारिक शिक्षा ।
– राजनीतिक स्थिरता ।
– नीतिगत निरन्तरता ।
– अनुकुल भौगोलिक स्थिती ।
भारत र यसको अर्थतन्त्र :
विशाल भौगोलिक विविधता भएको अर्को ठूलो छिमेकी देश भारतको अर्थतन्त्र जापानलाई उछिन्दै विश्वमै चौथो स्थानमा पुगेको छ । मिश्रित अर्थ प्रणाली अबलम्वन गरेको भारत भूगोलमा मात्रै होइन जनसंख्यामा पनि विश्वमै अग्र स्थानमा आउने गर्दछ । भारतको पछिल्लो कुल ग्राहस्थ उत्पादन भा रु ३ दशमलव ६ लाख करोड ,आर्थिक वृद्धि दर ६ दशमलव ६ प्रतिशत र प्रतिव्यक्ति आय २,३९६ डलर रहेको छ । करीब १ दशमलव ४ अर्ब जनसंख्या रहेको भारत श्रमशक्तिमा पनि अग्रस्थानमा रहेको छ । भारतको अर्थतन्त्र मजबुद हँुदै विश्वकै चौथो स्थानमा आउनुका केहि मूख्य पक्षहरुमा :
– ठूलो श्रमशक्ति ।
– ठूलो आन्तरिक बजार ।
– सेवा क्षेत्रमा तिव्र सुधार तथा विस्तार ।
– ठूलो कृर्षिजन्य उत्पादन् र कृर्षि क्षेत्रमा आत्मनिर्भर ।
– तिव्र औद्योगिकीकरण ।
– बहुराष्ट्रिय कम्पनीहरुको आर्कषण ।
– प्रविधिको क्षेत्रमा ठूलो लगानी ।
– आर्थिक उदारीकरणको नीति ।
– ःबपभ ष्ल ष्लमष्ब को अभियान ।
– नीतिगत सुधार तथा आर्थिक स्थिरता ।
– निर्यातमा विविधिकरणको नीति ।
– पूर्वाधारको तिव्र विस्तार ।
– अनुकुल भौगोलिक स्थिती ।
दुई ठूला अर्थतन्त्रबाट नेपालले लिन सक्ने लाभ :
चीन र भारत दुई ठूला अर्थतन्त्र भएका देशहरुबाट सन्तुलित सम्वन्ध विस्तार गर्दै नेपालले महत्वपूर्ण लाभ लिन सक्ने कुरामा दुई मत रहदैन् । स्पष्ट नीति र सन्तुलित सम्वन्ध कायम गर्न सकेमा नेपालले दुवै देशबाट धेरै अबसरहरु लिन सक्ने देखिन्छ । चीन र भारतको अर्थतन्त्रबाट नेपालले लिन सक्ने केहि मुख्य लाभहरुमा :
– नेपाली कृषि ,जडिबुटी ,हस्तकला र परम्परागत सामानका लागि बजार विस्तार ।
– दुई देशमा व्यापार विस्तार मार्फत आयात – निर्यात व्यापारमा सुधार गर्न सकिने ।
– दुई देशका लगानीकर्तालाई भित्र्याउन सकिने ।
– पूर्वाधार विस्तारमा सहयोग ।
– पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने ।
– उर्जा निर्यातको सम्भावना ।
– नेपाली श्रमीकको लागि ठूलो अबसर सिर्जना गर्न सकिने ।
– नेपालको भूमि भारत र चीनको व्यापारका लागि सेतु बन्नसक्ने ।
– दुवै देशबाट आर्थिक सुधारका विधि अनुकरण गर्न सकिने ।
– प्राकृत्तीक स्रोत साधनको प्रयोग नीति बनाउन सकिने ।
– नेपाल – भारत खुला सिमानाको व्यापारीक लाभका लागि प्रयोग गर्न सकिने ।
सबल अर्थतन्त्रका लागि नेपालले दुई देशबाट सिक्नु पर्ने पक्षहरु ः
– राजनीतीक स्थिरता ,स्थिर सरकार हुनुपर्ने ।
– आर्थिक नीति स्थिर हुनुपर्ने ।
– वैदेशिक लगानी नीति सहज र सरल हुनुपर्ने ।
– व्यापारीक नीतिमा स्थिरता ।
– छिमेकी दुई देश बीचको सम्वन्ध सन्तुलित हुनुपर्ने ।
– आत्मनिर्भर कृर्षि क्षेत्रको खोजी गर्नु पर्ने ।
– प्राकृत्तीक स्रोत साधनको प्रयोग नीति ।
– प्रशासनिक अप्ठयाराहरुको अन्त्य ।
– लगानीमैत्री बातावरण बनाउनु पर्ने ।
– निजी क्षेत्रलाई विकासको साझेदारको रुपमा अगाडि बढाउने ।
– मानव संशाधन विकासमा जोड दिनुपर्ने ।
– पूर्वाधारको विकासमा तीव्रता दिनुपर्ने ।
– घरेलु ,साना तथा परम्परागत उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने ।
– आयात – निर्यात व्यापारलाई संन्तुलित बनाउनु पर्ने ।
निष्कर्ष :
देशमा राजनीतिक परिवर्तन हुँदा ,राजनीतिक चलखेलका कारण सत्ता र सरकारबाट अप्रत्यासित बाहिरीनु पर्दा , सरकार परिवर्तन हँुदा ,देश संकट अवस्थामा हुँदा सकरात्मक तथा नकरात्मक रुपमा भारत र चीन तिर औलो तेस्र्राउने हाम्रा राजनीतिक नेतृत्वको व्यबहारमा अब परिवर्तन हुनुपर्दछ । हाम्रा दुई छिमेकी देशहरु चीन र भारतलाई राजनीतिक लाभका लागि होईन देश विकास र आर्थिक विस्तारको कोशेढुङगाको रुपमा अब प्रयोग गर्नु पर्दछ । राजनीतिक स्वार्थ र एक अर्कालाई हिलो छ्याप्ने काममानै दशको अबधि बेथित गरेको नमिठो इतिहास हामी अब बनाउनु हँुदैन् । हाम्रा महत्वपूर्ण वर्षहरु व्यवस्था परिवर्तन ,संविधान निर्माण ,निर्वाचन ,सरकार बनाउँदा र ढाल्दामानै बेथित अब गर्नु हुदैन् । अब देश विकास ,जनताको जीवनस्तर सुधार ,समृद्धि र आर्थिक वृद्धिलाई मुख्य नारा बनाई दुवै देशबाट पारस्परिक लाभ लिनेतर्फ अगाडि बढ्नु आजको आवश्यकता हो । अब राजनीतिक उपदेश लिन ,सत्तामा पुग्न र ढाल्नका लागि दिल्ली बैइजिङ हैन् देश विकासका खाका लिन पुग्नु पर्दछ । यसो गर्न सकेमा सबैको भलाई हुने देखिन्छ ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

