राज्यका सबै संयन्त्रहरुले काम गर्न नसकेका, दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री पनि उच्च सुरक्षा संयन्त्र असफल भएर भाग्नु परेको अवस्था, देशै रहने की नरहने चिन्ता, मुख्य प्रशासनिक केन्द्र सिंह दरवार, न्यायको धरोहर सर्वोच्च अदालत दनदनी जलेको ह्दयविदारक क्षण, सडकमा कलिला युवाहरुको रगतको खोलो बगेको, अब के हुने डर र चिन्ताले आमनागरिक आक्रान्त पारेको कहाली लाग्दो भाद्र २३ र २४ को जेनजी युवा पुस्ताको आन्दोलन राणाकालीन कोट पर्वलाई बिर्साउने अकल्पनीय घटना थियो भन्दा खासै फरक नपर्ने देखिन्छ । देश वर्तमान अवस्थामा आउला, देशमा शान्ती छाउला ,जनजीवन सामान्य बन्ला भन्ने पक्षहरु कल्पना भन्दा वाहिरका विषयबस्तुहरु बनेको तत्कालीन स्थिति सिर्जनामा लामो समयको तयारी र पूर्व निरधारित सुनियोजित कार्य पनि थिएन् । यी सबै उत्पन्न भएका थिए तत्कालीन समयमा विकसित घटनाहरुका कारण । अनि आगोमा ध्यू थप्न सहयोग पुगेको थियो शाशन व्यवस्थामा स्वेच्छाचारिता,तानशाहशैली र परम्परागत सोचको हावी ।
समय निरन्तर चलिरहन्छ विस्तारै यी सबै इतिहास बन्दै गएको छ । चार पाँच महिना बित्दा नविदै त्यो कहाली लाग्दो क्षण एउटा धुमिल चित्र जस्तो मानस्पटलमा रहन पुगेको छ । उडेको जहाज जस्तै आमजनताको नजरबाट ओझेल हुँदै गएको छ । जसका कारण यी सबै घट्ना भए तिनीहरु लाच पचाएर टाउको ठाडो पार्न थालिसकेका छन् । आफुलाई सुधार्न र सच्याउनतर्फ हैन् । द्वन्द्व सिर्जना गर्न, प्रतिशोध पोख्न, धम्की दिन, आफुलाई झनै शक्तिशाली भएको देखाउन कम्मर कसेरै लाग्न थालेका छन् । भ्रष्टाचारीलाई कारवाही, बालबालिकाको रगतमा होली खेल्ने तत्कालीन जिम्मेवार व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सरकार असफल तथा निरिह जस्तै देखिन्छ । सरकार र सरकारका मन्त्रीहरु फाल्गुन २१ को चुनावको भजन गाउँदै समय वेथित गरेको देखिन्छ । जुन असन्तुष्टिका कारण जन आक्रोस र बिद्रोह उत्पन्न भयो ती वेथितिको अन्त्यमा सरकार केन्द्रीत हुन् नसक्दा जेनजी बलिदानी अर्थहिन देखिन पुगेको छ । परिवर्तन र सुधार चाहने आमजनता लगायत जेनजी पुस्तालाई पनि यसले खासै सन्तुष्टि दिन सकेको देखिदैन् । जेनजी आन्दोलनलाई विगतमा जस्तै एउटा आन्दोलनसँग नजर अन्दाज गर्न थालिएको छ । जेनजी मागहरु सम्झौताको एक कागजमा सिमित हुन पुगेको देखिन्छ । युवा क्रान्ती पछिको सरकार पनि विगतका सरकार जस्तै भूमिकामा देखिन्छ । जेनजी बलिदानी र बगेको रगतलाई कम नजर अन्दाज गर्दै फेरि यस्थास्थिती र परम्परामै रमाउदै युवा केन्द्रीत, पारदर्शी, न्यायपूर्ण, सुशान तथा जवाफदेहिता प्रति गम्भिर हुन नसकेमा फेरि आक्रोस क्षतिमा परिवर्तन नहोला भन्न सकिदैन । त्यसैले जेनजी आन्दोलनको भावनालाई बुझ्नु र व्यबहारमा परिणत गर्नु आजको आवश्यकता पनि हो । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
जेनजी युवा बिद्रोह आन्दोलन मात्रै थिएन्, त्यो भनिए जस्तो सामाजिक सञ्जाल प्रतिबन्दका कारण मात्रै श्रजित घटना हैन् । यो बर्षाैदेखिको राजनीतिक सिण्डीकेटको कारण उत्पन्न वेथिती, भ्रष्टचार र यसको ढाकछोप, तिव्र राजनीतिक हस्तक्षेप, दण्डहिन्ताका काराण आमजनमानसमा उत्पन्न उकुसमुकुसको विष्फोटन थियो । यो कुनै स्वार्थ परिपूर्ती र सत्ता प्राप्तिका लागि विगतमा दलहरुले गर्ने जस्तो आन्दोलन पनि थिएन् । केहि स्वार्थ समूह र खराव तत्वहरुको धमिलो पानीमा माछा मार्ने प्रवृत्ती हावी भएको कारण केहि सार्वजनिक तथा नीजि सम्पत्ती माथि आगजनी र तोडफोड हुनु यस आन्दोलनलाई असफल र तुहाउने स्वार्थ समूह सक्रिय भएको अनुमान लगाउन सकिन्छ । यस्ता विध्सं कार्यमा जेन जी पुस्ताको संलग्नता थियो थिएन् समय र छानबिन प्रतिवेदनले देखाउदै जाला ।
विशेषतः बढ्दो बेरोजगारी र वैदेशीक रोजगारी दर, देश तथा विश्व परिवेश र प्रविधिसँग खेलेका पुस्ता, बढ्दो राजनीतिक हस्तक्षेप र राजनीतिकरण, बेथितीलाई प्रोत्साहन र ढाकछोप, तिव्ररुपमा फैलिएको भ्रष्टाचारको जालो, देशलाई दिर्घकालिन असर पर्ने गरि बनाईएका संरचना, जनप्रतिनीधि, सासद, मन्त्रीका संख्याहरु, आर्थिक रुपमा कमजोर हँुदै गएको देश, आन्तरिक एकतामा खलबल, बाÞय हस्तक्षेपको दरमा वृद्धि,परम्परागत शैलीको शाशन व्यवस्था, शाशनमा स्वेच्छाचारिताको हावी, आलोचना सुन्न नचाहने र कमजोरी हेर्न नचाहने शाशकहरुमा बढ्दै गएको प्रवृत्तीका काराण जेनजी बिद्रोह उत्पन्न भएको कुरामा दुईमत रहँदैन् । तर यी पक्षमा सुधार गर्न र आफुलाई सुधार गर्न नचाहने राजनीतिक दलका नेतृत्वको शैलीले देशलाई कता लैजाने हो आशंकाको विषय बनेको देखिन्छ ।
जेनजी आन्दोलन र त्यसपछि विकसित विचारहरुले शाशन व्यवस्था पाका पुस्ताले सञ्चालन गरेकै कारण आक्रोस उत्पन्न भएको भन्ने गलत भाष्य पनि बनाउदै लगेको देखिन्छ । शाशन व्यवस्था सञ्चालनमा प्रस्तुत भएका असमान व्यबहार, परम्परागत शैली, अधिक राजनीतिकीकरण र राजनैतिक हस्तक्षेप, जनभावना र आवश्यकतालाई खासै ख्याल गर्न नसक्नु बाँकी विश्व कसरी चलिरहेको छ त्यस प्रतिको बेखवर र समय अनुशार आफुलाई रुपान्तरण गर्न नसक्नु पाका नेतृत्वको कमजोरीको रुपमा रहेको देखिन्छ । यसमा सुधार आन्दोलनको भावना हो की ? अनुमान लगाउन सकिन्छ । नेपालमा मात्रै नभएर हामीले विकसित मानेका देशहरुको शाशन व्यवस्थामा पाका पुस्ता नै हावी भएको कारण,पाका पुस्ता साशन सञ्चालनका अभिषाप हुन् भन्नु पनि मूर्खता रहन्छ तर तीनै पाका पुस्ताले जनभावना विपरित राजनीतिक आड्मा स्वेच्छाचारी रुपमा साशन सञ्चालनको अभ्यास गर्नु, सरकार, प्रधानमन्त्री, मन्त्री, सासद, जनप्रतिनिधि सबै नेपालीको बन्न नसक्नु पाका पुस्ताको साशनको सबै भन्दा कमजोर पक्ष हो । यी उल्लेखीत विविध पक्षहरुले बिद्रोह र आक्रोसको बिउँ रोपिदिएको हो भन्दा दूईमत नरहला ।
अब सुधार निम्न पक्षमा गर्नु पर्ने देखिन्छ :
–पुस्ता विच संवाद र सहकार्य गर्नु पर्ने ।
–राजनीति, शाशन व्यवस्थामा युवा प्राथमिकता ।
–राजनीतिक दल र तीनका नेतृत्वको परम्परागत सोचमा ।
–सााशन प्रणाली र राजनीतिक पक्षमा ।
–रोजगारी सिर्जनामा ।
–आर्थिक वृद्धि तथा आर्थिक अवसरमा ।
–सुशासन, पारर्दशिता र जवाफ देहितामा ।
–स्थानीय तह सम्म फैलिएको भ्रष्टाचारको जालोमा ।
–सामाजिक न्याय र समानता स्थापित गर्ने पक्षमा ।
–सुचना, सञ्चार र प्रविधिको विकास तथा प्रयोगमा ।
–अभिव्यक्ति स्वतन्त्रतामा ।
–राजनीतिक दल र सरकार सञ्चालनमा एउटै व्यक्ति दोहोरीने प्रवृत्तीको अन्त्य ।
–युवा अवसर र प्राथमिकतामा ।
–विगतदेखि वर्तमान सम्म भ्रष्टाचार र वेथितीमा संलग्न व्यक्तिको छानबिन र कारवाही ।
निष्कर्ष : जेन जी आन्दोलनलाई अल्छी, लुटेरखान पल्केका, अराजक तत्वको उपनाम दिएर आफुलाई चोख्याउने । स्थिती सामान्य भएको फाईदा उठाउदै आफुलाई सुप्रिम देखाउने, फेरि देशमा अशान्ती फैलाउने मूर्खता अब कुनै पक्षबाट हुनुहुदैन् । समय र परिस्थिती अनुसार आफुलाई सुधार गर्दै जनभावना र युवा भावना अनुरुप आफुलाई रुपान्तरण गर्दै लैजान जरुरी देखिन्छ । जेनजी आन्दोलनको निचोड पनि यहि नै थियो । एक हिउँदले जाडो जादैन् भन्ने सोच राख्दै विगतको जेन जी युवा बिद्रोहको भावना र उद्देश्यलाई पुरा गर्ने दिशामा सबै जिम्मेवार निकायहरु आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने देखिन्छ । यो एउटा पूर्व योजना विनाको जन आक्रोस र बिद्रोह हो । यथास्थितिमै रमाउन थालेमा फेरि काल्नतरमा यो नदोहरिएला भन्न पनि सकिदैन् । त्यसैले आफुलाई रुपान्तरण गरौं, परम्परागत सोच र शैली त्याग गरौं, जनभावनाको कदर गरौं । हरेक कार्य र निर्णय देश र जनता हितलाई केन्द्रमा राखेर गरौं । आन्तरिक र बाÞय रुपमा देशलाई बलियो बनाउने आधारको खोजी गरौं । युवा भावनाको मर्म बुझा) । यसो गर्न सकेमा सबैको भलाई हुने देखिन्छ । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

