प्रत्येक वर्षको नोभेम्बर २० तारिखका दिन विश्व बाल दिवस मनाउने ग।िरन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको हो । सन् १९५४ नोभेम्बर २० मा विश्वभरिका बालबालिकाहरुको आधारभूत आवश्यकता पूरा गरी उनीहरुलाई शान्ति र राहत उपलबध गराउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।
बालबालिका प्रकृतिका सुन्दर संरचना हुन, आमाबाबुका सुनौला सपना हुन्, समाज र राष्ट्रका भविष्यका संवाहक पनि हुन् । बालबालिकाविनाको समाज कल्पनासम्म गर्न सकिँदैन । आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार हुन् । वास्तवमा भन्ने हो भने कुनै पनि देशको भविष्य उनीहरूको उमेरसँंगै बढिरहेको हुन्छ । त्यसैले बालबालिका वा उनीहरूको समस्या कुनै एक व्यक्ति वा विषयसँग मात्र सम्बन्धित नभई सबै क्षेत्र, वर्ग, समुदाय, पेसा, समाज र आममानिसको सरोकारको विषय हो । त्यसकारण सबै बालबालिकाहरूको भविष्य उनीहरूको उमेरसँगै बढिरहेको हुन्छ । नेपाल लगायत विश्वभरी सरकार लगायत विभिन्न संघ संस्थाले बाल दिवस मनाउने गर्दछन । यद्यपि राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ तर बालदिवस औपचारिकतामा मात्रै सीमित रहेको छ । यो भने दुःखको कुरा हो । बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो ।
आज पनि विश्वका धेरै बालबालिकाहरु कुपोषणको शिकार भइरहेका छन्, कतिपय देशमा भइरहेको द्वन्द्वका कारण असुरक्षित छन्, सामान्य रोगका कारण अकाल मृत्युवरण गरिरहेका छन् भने शिक्षा तथा खानाको अभावमा नारकीय जीवन बाँच्न बाध्य छन् । यस्तो अवस्थामा विश्वभरिका जिम्मेवार सरकार तथा जनता र देशका प्रतिनिधिहरुलाई खबरदारी गर्दै बालबालिकाको जन्मसिद्ध अधिकारको प्रत्याभूति गराउनु यो दिवसको सार्थकता हो । खासगरी अविकसित तथा विकासशील देशमा बालबालिका अझै पनि असुरक्षित छन् । उनीहरुबिरुद्धका अपराधका घटना भइरहेका छन्, अपहरणमा पारिएका छन् भने कति मारिएका पनि छन् । तर, नेपाल र नेपाल जस्ता देशहरुमा बाल अधिकारको अवस्थामा आशा गरे अनुरुप परिवर्तन हुन सनेको छैन । बाल अधिकार संरक्षण, प्रवद्र्धन र पूर्णताका निम्ति हाम्रो सरकारले अपेक्षित सफलता प्राप्त गरेको छैन । बालमैत्री सोच, व्यवहार र कानूनको सही कार्यान्वयन गर्दै उन्नत मुलुक निर्माणको संकल्प यात्रामा समाहित हुन सके मात्र यो दिवस मनाउनुको सार्थकता रहन्छ ।

