
पाल्पा, विश्व बन्धुत्व दिवस तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी पूर्व प्रमुख राजयोगिनी डा . दादी प्रकाशमणीजीको १८ औं पुण्य स्मृतिको अवसरमा सोमबार पाल्पाको तानसेनमा रक्तदान कार्यक्रम गरिएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र तानसेनको आयोजना, रोट्रयाक पाल्पाको सहयोग र नेपाल रेडक्रस सोसाइटी तानसेनको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।कार्यक्रममा २० युनिट रगत संकलन गरिएको ब्रह्मा कुमार भानु प्रकाश पौडेलले जानकारी दिए । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पाल्पा अन्र्तगत रामपुर शाखाबाट २३ युनिट, प्रभास शाखाबाट २१ युनिट र तानसेन शाखाबाट २० युनिट रगत संकलन भएको हो ।कार्यक्रमका प्रमुख अतिथी तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले रक्तदान जस्तो कार्यक्रम गरी संस्थाले ठूलो मानवीय सेवा गरेको बताए।
उनले सामाजिक सद्भाव र भाइचारालाई प्रवद्र्धन गर्ने खालका यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनु आवश्यक रहेको बताए । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका उपाध्यक्ष कृष्ण बहादुर रावल, नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापती बाबुराम कार्की, रेडक्रस पाल्पाका कार्यालय प्रमुख विनोद भारती, पत्रकार कृष्ण पोखरेल र समाजसेवी मित्रलाल नेपाली लगायतले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय आफैमा पवित्र संस्था भएको र रक्तदान जस्तो कार्यले संस्थाको महत्वलाई अझैउचाईमा पुयएको बताए।
पवक्ताहरूले रक्तदानले जीवन बचाउन मद्दत गर्ने मात्र नभई समाजमा सेवा भाव जगाउने महत्वपूर्ण अवसर हुने बताए। साथै, दादी प्रकाशमणीजस्ता व्यक्तित्वहरूको योगदानलाई सम्झँदै आयोजित यस्ता सामाजिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे रक्तदान कार्यक्रम ब्रह्माकुमारी ईश्वरीय विधालय पाल्पाकी प्रमुख प्रेमा दिदीको अध्यक्षता, ब्रह्माकुमारी तारा जीको स्वागत, ब्रह्माकुमार भानु प्रकाशको सञ्चालनमा भएको थियो ।कार्यक्रममा नेपाल प्रहरी, रोट्रयाक पाल्पाका सदस्यहरु, सर्वसाधारण, ब्रह्माकुमारी परिवार, स्थानीय समाजसेवी, विद्यार्थीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदाताहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।