Shittalpati
संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा पाल्पाका स्थानीय तह

पाल्पा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याड्ढनको नतिजा २०८/०८१ मा पाल्पाका केही स्थानीय तह उत्कृष्ट देखिएका छन् भने केही  मध्यम र कमजोर देखिएका छन् । यहाँका १० स्थानीय तह मध्ये दुई वटा स्थानीय तहको नतिजा उत्कृष्ट देखिएको छ ।

मन्त्रालयको नतिजा अनुसार यहाँका तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिका उत्कृष्ट भएका छन् ।  तानसेन नगरपालिकाले ८८ दशमलव २५ अंक प्राप्त गरी जिल्लाका १० स्थानीयतह मध्ये पहिलो भएको छ । लुम्बिनीका १८ नगरपालिका मध्ये तानसेन तेस्रो भएको छ भने देशभरीमा १० औं स्थान प्राप्त गरेको छ । तानसेनले आ.व. २०७९/०८० मा ८३ अंक प्राप्त गरेकोमा २०८०/०८१ मा ५ दशमलव २५ अंक बृद्धि गरेको छ । गत बर्ष भन्दा स्वमूल्याड्ढनका सबै सूचकहरुमा सुधार गरेको, नगरवासीको सेवा प्रवाहमा चुस्त,दुस्त पारदर्शी बढाएको, सामाजिक समावेशीकरणमा ध्यान दिएको, ३ वटै सरकारका भौतिक पुर्वाधारका काममा ध्यान दिएको, वातावरण विपद् व्यबस्थापनमा ध्यान दिएको र सबैसँग सहकार्य गरेर काम गरेका कारण नतिजा राम्रो आएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । यसैगरी जिल्लाको ८ गाउँपालिका अन्र्तगत रिब्दीकोट गाउँपालिका पाल्पा प्रथम भएको छ । लुम्बिनी प्रदेशका ७३ गाउँपालिका मध्ये दोस्रो र देशभरीका ४ सय ६० गाउँपालिका अन्र्तगत स्थानीय तह स्वमूल्याड्ढनमा रिब्दीकोट गाउँपालिका पाँचौ भएको हो। रिब्दीकोटले स्वमूल्याड्ढनको  अन्तिम मूल्याड्ढकनमा  ८७ दशमलव ७५ अंक प्राप्त गरेको छ । रिब्दीकोटले आ.व. ०७९/८० मा ७४.२५ अंक प्राप्त गरेकोमा यस पटक १३ दशमलव ५० अंक बढी प्राप्त नतिजामा सुधार गर्दै लुम्बिनी प्रदेशमा उत्कृष्ट  गाउँपालिका भएको हो । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले शुसासन, विकास निर्माण, भौतिक पुर्वाधार, बजेट निर्माण तथा कार्यान्वयन, नागरिक सेवा प्रवाहमा योजनाबद्ध रुपमा कार्ययोजनाका साथ काम गर्दै गएको कारण प्रत्येक बर्ष स्वमूल्याड्ढन नतिजामा सुधार गर्दै जनताको सेवा सुविधालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । स्थानीयतह स्वमूल्याड्ढनमा लुम्विनी प्रदेशका १८ नगरपालिका मध्ये तिलोत्तमा प्रथम र देवदह नगरपालिका द्धितिय र तानसेन नगरपालिका तृतिय भएका छन् भने ७६ गाउँपालिका अन्र्तगत रुरु क्षेत्र गाउँपालिका पहिलो, रिब्दीकोट गाउँपालिका दोस्रो भएका हुन् ।यसैगरी बगनासकाली गाउँपालिका तेस्रो भएको छ । बगनासकालीले ८५दशमलव २५ अंक प्राप्त गरेको छ ।

रम्भा गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका  ८४ दशमलव ७५ अंक प्राप्त गरी चौथो भएको छन् । यसैगरी रामपुर नगरपालिकाले ८० दशमलव २५ अंक, तिनाउँ गाउँपालिका ७६ दशमलव ७५ अंक, निस्दी गाउँपालिका ७६ दशमलव ५०, पुर्वखोला ७५ दशमलव २५ र माथागढी गाउँपालिका ७३ दशमलव ७५ अंक पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीयतह स्वमूल्याड्ढनमा फाराम आफै भर्ने र प्रमाणको आधारमा तोकिएको नम्वर दावी गर्दछन् र मन्त्रालय रुजु तथा चेक जाँच परिक्षण गरेर वास्तविक अंक सार्वजनिक गर्दै आएको छ । मन्त्रालयले, शासकीय प्रवन्धमा ९ अंक,  संगठन तथा प्रशासनमा ८ अंक,  वार्षिक बजेट तथा योजना तर्जुमा व्यबस्थापनमा ११ अंक, वित्तिय आर्थिक व्यबस्थापनमा ११ अंक, सेवा प्रवाहमा १६ अंक, न्यायिक कार्यसम्पादनमा ७ अंक,, भौतिक पुर्वाधारमा १३ अंक, सामाजिक समावेशीकरणमा ९ अंक,  वातावरण संरक्षण तथा विपद व्यबस्थापनमा ९ अंक र सहकार्य र समन्वयमा ७ अंक गरी १०० अंकभार दिएको छ । समग्र स्थितीमा २१ प्रतिशत, प्रक्रियागत स्थितीमा ३४ प्रतिशत र परिणात्मक स्थितीमा ४५ प्रतिशत अंक भार निर्धारण गरेको छ । स्थानीयतह संस्थागत क्षमता स्वमुल्याड्ढनको कारण सेवा प्रवाहमा चुस्त दुस्त, शुसासन जवाफदेहिता, पारदर्शीता, समयमै योजनाबद्ध काम, भएका कामहरुको मुल्याड्ढन, अनुगमन तथा नागरिक तथा सामाजिक परिक्षण जस्ता कामहरुममा बृद्धि भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update