Shittalpati
कार दुर्घटनामा घाईतेको नाम ठेगना खुल्यो, अवस्था गम्भीर

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका ३ ड्याम साईड स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटनामा भएको छ । शुक्रबार दिउसो बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज ४०९३ नम्वरको कार तिनाउ खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी चालक गुल्मी जिल्ला मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

घाइते अर्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइतेको अवस्था गम्भीर रहेको छ । कार अनियन्त्रित भई सडकदेखि २ सय मिटर तल खोलामा खसेको दोभान प्रहरी चौकीले जनाएको छ । कारमा उनी मात्र सवार रहेको बुझिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update