Shittalpati
पाल्पाको तिनाउमा कार दुर्घटना :  एक घाईते

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका ३ ड्याम साईड स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटनामा भएको छ । शुक्रबार दिउसो बुटवलबाट पाल्पातर्फ आउदै गरेको लु १ ज ४०९३ नम्वरको  कार तिनाउ खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा नाम, थर, वतन नखुलेका एक पुरुष गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते उनलाई उपचारका लागि बुटवल पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ । कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान र्हेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update