
ज्योतिषी मुकुन्द पोखरेल
घरको आन्तरिक वास्तुलाई मात्र शास्त्रीय आधारमा निर्माण गरेर वा मिलाएर घरमा वास्तुदोष नहुने होइन । घरको आन्तरिक वास्तु मिलेको भएपनि बाटो, वृक्ष, फूलबारी, वृक्षका प्रजाति, दिशा आदिका कारणले वास्तुदोष भैराखेको हुन्छ । पर्यावरण वास्तुका नामले पनि यो फूलवारी चर्चाको वास्तुको बारेमा उल्लेख गर्न सकिन्छ। यसैल बाह्यवास्तु मिलान पनि भनिन्छ।
परको मोहडाअनुसार फूलबारी बनाउन सकिन्छ। तर घरपतिको राशि दिशाअनुसार फूल लगाउनु राम्रो मानिन्छ। फूलबारीमा स(साना पोचा हुने फूलका बोट लगाउन सकिन्छ तर बगैँचामा लगाउने र ठूलठूला वृक्ष हुने बोटबिरुवा बाँस काँडा भएका रुखहरू घरको वरिपरि रोप्नु हुँदैन। त्यस्तै वर, पीपल, शमी, कदम, कटर, आँप पनि घरको सम्मुख वृक्षवेध हुने गरी रोप्नु हुँदैन।
ठूला रुख हुने वृक्षहरू पूर्व र उत्तर दिशामा लगाउनु हुँदैन। यद्यपि उपत्यकामा ५२ परको परिसरभन्दा बाहिर छायी घरमा नपर्ने गरी उत्तर दिशामा वृक्षहरू रोप्न सकिन्छ। काठमाण्डौ उपत्यका, दाङ उपत्यका, पोखरा उपत्यका, अरुण उपत्यका आदिको वास्तु भौगोलिक पन्त्वतत्त्वको आधारमा पृथक् छ। यसैले कठमाण्डौको भूबनोटका आधारमा भनिने वास्तुशास्त्रीय निमयहरूका लागि पूर्ण रूपमा लागू नहुन सक्छ, त्यस्तै पोखरा वा अन्यत्रका लागि। आवासका लागि पोखराभन्दा काठमाडौं र काठमाडौभन्दा दाह उपत्यका उत्तम छ। यसैले कतिपय वास्तुशास्त्रीय चिन्तनले दक्षिणलाई अधिक हेय रूपमा हेरेको छ। नेपालको वास्तुशास्त्रीय भौगोलिक स्थिति अन्य देशको तुलनामा पृथक् छ, त्यसैले वास्तुशास्त्रीय चिन्तन, सिद्धान्तलाई यहाँको पञ्चत्तत्त्व अर्थात् आगो, पानी, माटो, घाम, हिमाल, पहाड, तराईअनुसार मिलाउने प्रयास गर्नुपर्दछ।
घरको परिसरभित्र अर्थात् फूलवारीमा बाँस, निगालो, काँडादार फूल, मरुभूमिमा पाइने फूल, नागफिनी, हात्तिवारजस्ता फूल लगाउनु हुँदैन। त्यस्तै बगैचा घरको पूर्वमा छ भने ठूला वृक्ष हुने बोटबिरुवा, काँडा हुने लहरेफूल लगाउनु हुँदैन । बयर, पलाश, छत्तिवन पनि घरको परिसरमा लगाउनु हुँदैन। घरको पूर्वमा पीपल र पश्चिममा वर अशुभदायक हुन्छ। घरको अगाडि दर्शने, तुलसी, अशोकजस्ता बिरुवा लगाउन सकिन्छ। तर केराको बोट पर अगाडि लगाउनु हुँदैन। त्यस्तै फल फल्ने वृक्ष पनि घर अगाडि रोप्नु अशुभदायक हुन्छ।
बृहत्संहितामा भनिएको छ(असन्नाः कष्टकिनो रिपुभयदाः क्षीरिनोर्थनाशाय ।
फलिनः प्रजाक्षिकराः दारुण्यपि वर्जयेदेषाम् ।
घरको मोहडा र दिशाअनुसार तथा निम्नानुसारका फूल रोप्न सकिन्छ ( पुष्प वा फूल सौन्दर्यको अप्रतिम रूप हो। प्राचीन वास्तुशास्त्र, वनस्पति शास्त्र, लगायत स्थापत्यवेद आदिमा वास्तुशास्त्रका साथै पुष्पको प्रयोगका बारेमा विशिष्ट चर्चा गरिएको पाइन्छ। सामान्यतया घरको अवस्थाअनुसार जथाभावी जुनसुकै फूल रोप्ने चलन छ। वास्तुशास्त्रले घरको तला, घडेरीको दिशा, घरवालाको राशि, घरमा लगाइएको आदिलाई आधार बनाएर फूल लगाउने विधान गरिएको छ।
मान्छेको जीवन र फूलको सम्बन्ध प्रगाढ छ। मान्छे आँशु हाँसोले मिश्रित जीवनयापन गर्न बाध्य छ। आँशुमा डुबेर मानिस जीवनयापन गर्न सक्दैन। हाँसोका लागि प्राकृतिक सौन्दर्यका विभिन्न तत्वलाई मानवीय प्रयोगको आधार बनाइन्छ। यसैले प्राचीन स्थापत्य कला होस् वा साहित्य, वेद होस् वा आधुनिक सजावट विधि सबैले पुष्प (फूल) लाई आनन्दको आश्रय स्थलका रूपमा प्रयोग गर्दछन्। घरको कतापट्टी, कुन तलामा, कस्तो रङका फूलहरू लगाउने बारे वास्तुशास्त्रविद्सँग विस्तृत जानकारी लिए राम्रो हुने भए पनि सर्वसाधारणलाई सामान्य ज्ञान होस् भन्ने हेतुले यहाँ पुष्प प्रयोगबारे चर्चा गरिन्छ। नेपालमा १४ हजार जडीबुटी, औषधि, वनस्पतिजन्य पुष्पहरू पाइन्छन् । जसअन्तर्गत निम्न जडीबुटीहरू लगाएर पर्यावरणको संरक्षण गर्न सकिन्छ। जटामांसी, जतुक, जत्तिवन फल, जपापुष्म, जामुना, जाइपत्री, जाइफल, जिरा, जिरक, ज्वानो, झण्डु, घोडताप्रे, टिमुर, डुम्मी, तीतो साग, तिल, तितेपाती, तुगाक्षिरी, तुम्बुरु, तुलसी, तुलाफल, तेजोवती,दमनक, दहीकाम्ले, दारुहरिद्रा, दार्वी, दुग्धगर्भा, दुग्धका, दुहिस्पर्शा, दुधे लहरो, दूर्वा, दत्तिवन, देवदारु, धूपी, द्रोणपुष्पी, धतुरो, धनियाँ, धँगेरो, गोरुसिंगे, अरुणिका, अजमोतिका,अजश्रृंत्री, अशोक, कमलतास, अमिलो, अलैची, अश्वभेद, अश्वगन्धा, अश्वगोला, असुरो, अहिखेम, आँप, आँक, इन्द्रजौ, इसबगोल, उर्दूम्बर, उशिर, एरण्ड, एण्डी, एला, ओल आदिका वृक्षहरू फर्कनुहोस् । इत्यादि गरि कचूर, कण्टकी, कन्दनायक, ककश्रृंगी, कर्षफल, करेला, काकडश्रीत्री, कागती काफल, काँस, चिराइटो, कृष्णविघ्न, कुरिल्लो, कुश, केरा, खयर, गन्धपुष्प, गाइखुरे झार, गितिहारे, भट्ट, गोगुल, घृणा, गज्जा घ्यूकुमारी, चरी अमिलो, चुत्रो, छत्तीवन, दुधेलहरो, यवकुसुम, देवदूत, सिमाली, पंखाफूल, पारिजात, पालुङ्गो, पुनर्नवा, बकुल्लो, बेल बेथो, बेसार बोझो, भलायो, भृंगराज, मरिच, मासि, मुसली, मोचरस, मोचीन, मोचीन, बासा, सतपर्वा, सतपुष्पा, सतावरी साल्वनी पुष्प, लालीगुराँस, सिउंडी, श्रीखण्ड, श्रृंगी श्रीफल, सर्पगन्ध, सिन्दूरे, सिस सिमल सुठो, सोमवल्ली, हरों, हलेदो, हिन, हेमपुष्प, त्रिवृत्त, बगैचा, त्रुपति वनस्पति, वनस्पति उद्यान बनाइ दिनु। वास्तुदोष शान्तिका लागि घरको दक्षिण पश्चिममा अग्ला र लहरेदार वनस्पतिहरू क्षणु। उत्तर पूर्वमा होचा र सुगन्ध खोज औषधि वनस्पतिहरू गुणु। वृक्षरोपण वा गृह निर्माण गर्दा भूमिपरीक्षणको विधान छ।
पूर्व (पूर्व धरको पूर्वदिशामा रातो फूल रोप्नु राम्रो हुन्छ। जसमा काँडा नहोस् । दूध ९चोप० आउने खालका फूल लगाउने भए गमलामा नभएर घडेरीको छेउमा एकहात खाली भूभाग बाहिर छोडेर त्यसभित्र रोप्नुपर्दछ । जहाँ बाह्रमासे, सुनखरी, लाहुरेफूल आदि भूभाग बाहिर छोडपूर्वतर्फ गमलामा गुलाफ रोप्नु त्यति राम्रो मानिदैंन । रातो र सेतो मिश्रित भएर फूल्ने केवरा, पहेंलो रातो र नीलो मिश्रित भएर फूल्ने सूर्यमुखी आदि रोप्न सकिन्छ। यो दिशामा रातो गोदावरी पनि उपयुक्त नै मानिन्छ । आग्नेय कोणमा रातो गुलाफ रोप्नु राम्रो हुन्छ ।
दक्षिण( दक्षिण दिशामा लहरा हुने र कालो वा नीलो रङ्ग भएको सामान्य काँडा हुने भएपनि रोप्नु राम्रै मानिन्छ। यो दिशामा निल, शिरीष, गुलाफ र फूलको रूपमा प्रयोग हुँदै आएको धूपी, अशोक आदिका वृक्षहरू पनि लगाउन राम्रो हुन्छ । दक्षिणदेखि नैऋत्यकोण भित्र पर्ने गरी घरको करीब चार मिटर जति बाहिर तर्फ मरिच पनि लगाउन सकिन्छ। यो दिशामा सेतो फूल्ने सामान्यतया चार फिट जति उचाई हुने फूल रोप्दा वेश हुन्छ। यही दिशामा पहेंलो गोदावरी, सयपत्री, मखमली, भूईचम्पा, चमेली जस्ता फूल रोप्न सकिन्छ।
पश्चिम ( पश्चिम दिशादेखि वायव्यकोण पर्यन्त सेतो रङ्ग भएका पराग हुने सुगन्धित बाह्रमासे फूल्ने उँचाई सामान्यतया ५ फिटसम्म हुने फूल रोप्न सकिन्छ। यसमा चमेली, घण्टीफूल, बाबरी, रातो केबरा, केराफूल धूपी आदि रोप्न सकिन्छ। यो दिशामा पारिजात, सेतो शिरीष रोप्नु बाञ्छनीय नै हुन्छ। त्यसै गरी मालती, बेली, सुनगाभा जस्ता फूलहरू पनि रोप्न सकिन्छ ।
उत्तर ( यो दिशामा सामान्यतया २ फिट जति उँचाई हुने खालका फूलहरूको प्रयोग गर्नु राम्रो हुन्छ। अझ गमलामा रोप्ने भए उँचाइ जति कम भए पनि हुन्छ। रङ्ग भने यो दिशामा कलेजी, खैरो वा सेतो रङ्ग भएका फूलहरू लगाउनु उपयुक्त हुन्छ। उत्तर दिशामा पनि काँडा नभएका साना, हरियो, कलेजी, सेतो, छिर्केमिर्के परेका फूलहरू रोप्न सकिन्छ। उत्तर दिशाकै ईशानकोणमा भने नीलो, सेतो वा पहेँलो फूल रोप्न सकिन्छ ।
उत्तर दिशामै भुँइचम्पा, सुनाखरी, मखमली, गोदावरी, लाहुरेफूल आदि रोप्न सकिन्छ । ईशानकोणमा तुलसी वा अमला रोप्न सकिन्छ। यही कोणमा सानो अमला लगाउन सकिन्छ । निद्रादोष निवारणका लागि स्वप्नकच्छु पनि रोप्न सकिन्छ। यस कोणमा धतुरो रोप्नाले जीवनका यावत समस्याहरू समाधान भएर जान्छन् । एकतले घर भएमा लहरा नभएका फूलका विरुवाहरू रोप्न सकिन्छ। यदि घर एकतला नभएर अनेकौं तला भएको छ जग्गा अभावले गमलामा नै फूल रोप्ने अवस्था आएमा भुइँतल्लामा वैजनी रङ्गको, दोस्रो तल्लामा नीलो रङ्गको, तेस्रो तल्लामा रातो, चौथो तल्लामा सेतो सामान्य लहरा भएको पुष्प रोप्नु राम्रो हुन्छ । शहरमा वा पक्की घरमा र सिँगटीको छाना भएका घरमा फूल वा सौन्दर्य प्रशोधनको अवस्था पृथक् हुन्छ। घरभित्र पर्ने गरी गमलामा नागफिनी, पीपल वा वर रोप्ने चलन छ, यो राम्रो होइन् । स्थापत्य वेदमा सांकेतिक रूपमा भएपनि उपर्युक्त कुराको चर्चा भएकै पाइन्छ । यसैले वास्तुशास्त्रविद् र ज्योतिषको सल्लाह लिएर मात्र फूल नफूल्ने हरियो रङ्ग भएका वृक्षहरू रोप्न सकिन्छ। यदि तुलसी रोप्नु पर्यो भने ईशान वा पूर्वतिर रोप्नु राम्रो हुन्छ। त्यसैगरी नागफिनी लगाउनु परेमा दक्षिण वा पश्चिममा राम्रो मानिन्छ।
त्यस्तै वृहपतिको राशिअनुसारको फूल, वृक्ष र वनस्पति पनि फूलबारी वा बगैँचामा लगाउन सकिन्छ ।