 
                                                                    पारिस्थितिक प्रणाली, त्यस भागका रूपमारहेका जीवर वनस्पतिको सम्बन्ध तथा विविधतालाई नै जैविक विविधता भन्ने गरिन्छ । आकाशीय, स्थलीय, जलीय, सामुद्रिकर अन्य क्षेत्रमा रहेका जीवजन्तुहरूको पारिस्थितिक प्रणालीमा विविधता रहन्छ । जैविक विविधताले प्राणी, वनस्पति तथा सूक्ष्म जीवात्माको जातीय–प्रजातीय विविधता, आनुवांशिक विविधता तथा पारिस्थितिक प्रणालीको विविधता समेतलाई जनाउँछ ।
जैविक विविधता महासन्धि, १९९२ ले पृथ्वीको जल, स्थलर आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण जीवजन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तर सम्बन्धमा रहेको विविधता जैविक विविधता भनेको छ । यो भौगोलिक तथा पारिस्थितिकीय विविधताको उपज स्वरूप सिर्जित प्रजातिगत तथा आनुवांशिक विविधता हो । यसले पृथ्वीमा भएको सूक्ष्म तथा स्थूल जीव तथा वनस्पतिको समष्टी रूपलाई जनाउँछर जैविक विविधतालाई अणु वा अनुवंशको सूक्ष्मतम तहदेखि बृहत् पारिस्थितिक तहसम्म अध्ययन गर्न सकिन्छ । तर पछिल्लो समय मानववस्तीको विकाससँगसँगै जैविक विविधता समेत हराउने अवस्थामा छ । जनसंख्या वृद्धिका कारण प्राकृतिक स्रोतको अत्यधिक दोहन तथा बासस्थानको विनास अनि बढ्दै गएको जलवायु परिवर्तनर विश्व उष्णीकरणका कारण जैविक विविधता संकटमा छ । संकटमा पर्दै गएको जैविक विविधताको रक्षाको लागि अन्तराष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्ने ध्ययले हरेक वर्ष मे २२ तारिख अर्थात् आजकै दिन जैविक विविधता दिवस मनाउने गरिन्छ । हरेक वर्ष यो कार्यक्रम मनाउने गरिए पनि जैविक विविधताको संरक्षण भने हुन सकेको छैन । यो विडम्बनाको कुरा हो ।
मानवीय क्रियाकलापका कारण पृथ्वीबाट कैयन जीवजन्तुका वंश नै समाप्त भैसकेका छन् भने कुनै अति नै संकटापन्न अवस्थामा पुगिसकेको सन्दर्भमा भावी संकट टार्नको लागि मानव समुदायले जैविक विविधता रक्षामा कदम चाल्नु अपरिहार्य बनिसकेको छ । जैविक विविधता संरक्षणका कार्यलाई सिमसार संरक्षण, वन व्यवस्थापन र दिगो अर्गानिक कृषिसँग जोडेर एकीकृत गरेर लैजानुपर्छ । जैविक विविधता संरक्षण र प्रयोग सम्बन्धि समाजमा अनेकौरैथाने ज्ञानर सिप छरिएररहेका छन्, यस्ता ज्ञानर सीपको संकलन, प्रचार र व्यवहारिक रुपमा लागु गर्ने काम गर्नुपर्छ ।रासायनिक विषादीले जैविक विविधताको संरक्षणमा ठूूलो चुनौती थपेको छ, त्यसैले यसको उत्पादन, आयात, विक्रीर प्रयोगमा कडाई गर्नुपर्छ । डढेलोरोकथाम, जडिबुटी र अन्य वनस्पतिको व्यवस्थित संकलन, जैविक करिडोर निर्माण, शहरी हरियाली वृद्धि जस्ता कार्यहरुलाई जैविक विविधता संरक्षणको अभिन्न अंगको रुपमा सञ्चालन गर्नुपर्छ । तिनै तहका सरकारर संरक्षणमा संलग्न निकायहरु यी कुराहरु समयमै बुझेर जैविक विविधताको संरक्षणमा लाग्न जरुरी देखिन्छ ।


 
                                         
                                         
                     
                     
                     
                     
                     
                     
                     
                    