Shittalpati
रैनादेवी छहरा गाउँपालिकाले थाल्यो मोबाइल एप्स सेवा 

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आफ्नो सेवा चुस्त दुस्त बनाउदै सेवाग्राहीहरुलाई अनलाईनबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ  “रैनादेवी छहरा“ नामको आफ्नो मोबाइल एप्लिकेशनको सुरुवात गरेको छ । गाउँपालिकाले प्रदान गर्दै आएका हरेक किसिमका सेवा सुविधाहरुलाई अनलाईनमार्फत डिजिटल प्रविधीमा सेवाग्राहीले घर घरमै पाउने गरी मोबाइल एप्लिकेशनको सुरुवात गरेको हो  । 

सेवाको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले शुभारम्भ गरे । एप्लिकेशन बाट तत्काल सेवाग्राहीले गाउँपालिका तथा वडाका सम्पूर्ण सूचना, जानकारी प्राप्त गर्न सक्ने छन ।  पालिकाले प्रदान गर्दै आएको सेवा प्रवाहको बारेमा  अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूलाई प्रत्यक्ष रूपमा सुझाव र गुनासो राख्न सक्ने व्यबस्था गरिएको पालिका अध्यक्ष भट्टराईले बताए ।  एप्लिकेशनमा आपतकालीन सेवा, प्रहरी, एम्बुलेन्स सम्बन्धी जानकारी तथा सम्पर्क नम्वरहरु राखिएको छ ।  सो एप्समा  गाउँपालिकाले निर्माण गरेका कानुनहरू तथा प्रकाशन गरिएका प्रतिवेदनहरू प्राप्त गर्न सकिने  व्यबस्था गरिएको उपाध्यक्ष युवराज थापाले बताए । 

सोमवार देखी सञ्चालनमा आएको पालिका एप्समा  गाउँपालिकाको नागरिक वडापत्र तथा सेवाहरूको विवरण प्राप्त गर्न सकिने छ ।  गाउँपालिका भित्रका विद्यालय तथा स्वास्थ्य चौकीहरू सम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ । यस एप्सलाई आगामी दिनहरूमा गाउँपालिकाबाट प्रदान गरिने सेवाहरूलाई सूचना प्रविधि मैत्री बनाई अनलाइन माध्यमबाट सेवा प्रवाह हुने गरी विस्तार गरिनेछ । यो एप एक हप्तापछि गुगल प्ले स्टोरमा उपलब्ध हुनेछ ।  एप्लिकेशनमा आएका सुझाव गुनासाहरुलाई तत्काल कार्यान्वयनको व्यबस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सीनाले बताए । पालिकाले एप्सलाई व्यस्थित रुपमा सञ्चालन गर्ने रैनादेवी छहराका जनताको हात, हातमा  पालिकाको सूचना गतिविधी पु र्‍याउने गरी डिजाईन गरिएको सूचना अधिकारी नारायण मल्लले बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update