Shittalpati
पाल्पा जिप दुर्घटना : मृतक १० जनाकै पहिचान खुल्यो

पाल्पा,  पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटनामा मृत्यु हुने १० जनाकै पहिचान खुलेको छ ।
 सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको  थियो । मंगलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन ।

मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन् ।

यसैगरी तिनाउँ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाकी ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये ३६ दिने बालकसहित १६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आफैँ अनियन्त्रित भएर जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिप चालक तानसेन नगरपालिका–१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घाइतेहरुको नामवली 


 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update