Shittalpati
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

पाल्पा, विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइएको छ । नेपालसहित विश्वभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउँदै आइएको हो । अहिलेको युग विज्ञान र प्रविधिको युग हो । अहिले दिनप्रतिदिन विज्ञानको महत्व अत्यन्त बढेको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्न यो दिवस मनाइनुको खास उद्देश्य हो । 

महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ । तर, दिन प्रतिदिन विज्ञानको महत्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरू विज्ञानमै पछाडी रहे भने, आउँदो समयमा के महिला सशक्तीकरण सम्भव छ त ? हामी मध्य धेरैले यो कुरा सोचेका छैनौ होला । त्यसै कारण हरेक वर्षको फेब्रुअरी ११ का दिन संयुक्त राष्ट्र संघले यो चिन्ताको विषयमा प्रकाश पार्न आजको दिन मनाउने गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update