Shittalpati
लकडाउनले रैनादेवी छहराका कुखुरापालक कृषक मारमा

भुवन रायमाझी
पाल्पा (छहरा) । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण जिल्लाका कुखुरापालक कृषक मारमा परेका छन् ।

लामो समयको लकडाउनका कारण कुखुरा र अण्डाको विक्रीमा समस्या भएपछि कुखुरा पालक कृषकहरु यतिबेला मारमा परेका हुन् । ऋण खोजेर कुखुरापालन व्यवसायमा लागेका जिल्लाको रैनादेवी छहरा ३ भुवनपोखरीका कृषकहरु दाना नपाईनु र भएका कुखुराहरु समेत विक्री नहुँदा चिन्तित बनेका छन् । उत्पादन भएका कुुखुरा विक्री नहुँदा जिउदै खाल्डामा हाल्नुपर्दा यस क्षेत्रका कुखुरापालक कृषकहरु ब्यवसाय नै चौपट पर्ने भन्दै चिन्तित बनेका हुन् ।

पालेका कुखुराले उचित मुल्य नपाउदा र बिचौलियाले सस्तो मूल्यमा कुखुरा खरिद र स्थानीय सरकारले समेत बेवास्ता गरिदिदा आफुहरु समस्यामा परेको भुवनपोखरीका कृषक ज्ञानेश्वर भट्टराई गुनासो गर्छन् । लकडाउनका कारण कुखुरा पालक कृषकहरुलाई बजारबाट दान समेत ढुवानी गर्न समस्या भएको छ । खोरमा ८ सय बढी ब्रोइलर कुखुरा छन् लकडाउनले गर्दा बिक्री गर्न पाएका छैनन् । जनतन बुटवलबाट दाना पाए पनि ढुवानीमा मंहगो छ कुखुरा पालक कृषकहरुलाई स्थानीय सरकारले समेत फरक दृष्टिले हेर्ने गरेको रैनादेवीका कृषक इमान सिंह खाम्चा बताउँछन् । कृषकले उत्पादन गरेको कुखुराको मूल्य नपाउने समस्यासंगै लकडाउनले बजारमा खपत हुन नसकेपछि समस्या भएको छ । लकडाउन खुकुलो भए कुखुराले बजार पाउने आसमा रहेको कृषक पूर्णबहादुर सिल्वाल बताउँछन् । जिल्ला मासुमा आत्मनिर्भर जिल्ला हो, तर लकडाउनले गर्दा यहाँका कृषक समस्यामा परेको बताउछन् । समस्या समधानमा स्थानीय तहले बेलैमा ध्यान दिनुपर्नेमा कृषकहरुको जोड छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update