Shittalpati
जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा गायक कार्की 

पाल्पा,  नेकपा (एमाले) सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ पाल्पाको अध्यक्षमा लोकदोहोरी गायक रुपेश कार्की चयन भएका छन् । पार्टी पूर्नसंरचनापछि तानसेनमा भएको जिल्ला अधिवेशनले गायक कार्कीलाई  सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

कार्की राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाका वरिष्ठ उपाध्यक्ष समेत हुन् । उनी लामो समयदेखि लोक तथा दोहोरीको क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् । जिल्लाको लोक संस्कृति संरक्षणमा कार्कीको योगदान महत्वपूर्ण रहेको छ । एक दशक लामो लोक सांगीतिक क्षेत्रमा लागेका उनले लोकदोहीरी, झ्याउरे, देउसी–भैलो, तिजका दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् । कार्कीका ‘बाँच्ने आधार दियो पापीले’, ‘कम्मर भाँची भाँची’ ‘बैसे जवान’ लगायतका चर्चित गीतहरु हुन् । उनका अधिकांस गीतहरु आफ्नै स्वर, शब्द, संगीत र अभिनयमा रहेका छन् । कार्कीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र सामथ्र्यका आधारमा संगठनलाई गतिशील बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

उनले राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि महासंघमा आवद्ध कलाकारहरु एक ढिक्का भएर अगाडि बढ्ने समेत बताए । अधिवेशनले उपाध्यक्षमा कमल गाहा, महिला उपाध्यक्षमा निरु सुुनार, सचिवमा सुमन न्यौपाने, कोषाध्यक्षमा करिस्मा मगरलाई चयन गरेको छ । यस्तै महासंघको सदस्यमा तुुल्सा गाहा, समिक्षा गैरे, गणेश न्यौपाने, ममता कोईराला, विजय बम्डेल, अनिता ज्ञवाली, गोकुल सारु, विकुल लिम्बु, रुपा नेपाली, करन चित्रकार, आशा मगर, गिता सिंजाली, झलक सारु रहेका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update