Shittalpati
वैकुन्ठेमा जीप खस्यो : ६ जना वेपत्ता 

तानसेन, तानसेन, (रानिमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनाको  भएको छ । घटना सम्बन्धि थप विवरण केहि भने अहिले सम्म आई पुगेको छैन । स्थानीयका अनुसार अहिले जीप नम्वर र को सवार थिए भन्ने पनि खुलेको छैन ।  जीप सडकबाट खोलामा खसेको छ भने गहिरो खोच रहेको हुँदा उद्धारमा कठिनाई भएको घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।  

प्राप्त जानकारी अनुसार सडकबाट तल खोचका जीप खसेका कारण उद्दार गर्न सकिएको छैन । तल खसेर जीप पानीमा डुवेका कारण देखिएको छैन । प्रहरी र उद्दार टोली घटना स्थल पुगेको छ । अपुष्ट समाचार अनुसार जीपमा ६ जना सवार मध्ये सबैको मृत्यु भएको आशंका गरिएको छ । मृत्युको पुष्टि भने भई सकेको छैन ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update