Shittalpati
सेन्ट कपितानियो स्कुलले गर्‍यो पदक विजेता विद्यार्थीलाई सम्मान

पाल्पा, सेन्ट कपितानियो स्कुल तानसेन पाल्पाद्वारा पदक विजेता विद्यार्थीलाई सम्मान गरेको छ । श्रीनगर हबको आठौं कन्भेन्सनमा सहभागी भई विभिन्न विधामा प्रथम तथा द्वितीय भई पदक विजेतालाई सम्मान गरेको हो ।

स्कुलको तर्फबाट कथा लेखनमा सिनियरतर्फ संज्ञालक्ष्मी खड्का प्रथम र विनुमाया ढेंगा द्वितीय भएकी थिइन् । त्यसैगरी कथा लेखन जूनियर तर्फ यशश्री थापा प्रथम र आलब पाण्डे द्वितीय भएका थिए । यस्तै हाजिरी जवाफ तर्फ अविरल पराजुलीले प्रथम र दिवस रायमाझीले द्वितीय स्थान प्राप्त गरेका थिए । कोलाजतर्फ स्वेच्छा मल्ल प्रथम र करिना रायमाझी द्वितीय भएकी थिइन् । माइन्ड गेमतर्फ  शैली बस्याल प्रथम र कुञ्जन सोमै द्वितीय भएका थिए । यसैगरी आर्ट जुनियरतर्फ क्रिष्टिना नेपाल प्रथम र अधिराज श्रेष्ठ द्वितीय भएका हुन् ।

प्रतियोगितामा विजेता तथा सहभागी विद्यार्थीहरुलाई करुणा सेवा समाजका अध्यक्ष कृष्णबहादुर बोगटी, विद्यालय व्यवस्थान समिति अध्यक्ष सागरमान महर्जन, विद्यालयकी प्रिन्सिपल सिष्टर ऐनिस जोसेफ, सहायक प्रिन्सिपल सिष्टर लिलियन लगायतले पुरस्कार वितरण गरेका थिए । विद्यालयले सोमबार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी सम्पूर्ण विद्याथीहरुमा अरिरिक्त क्रियाकलापमा हौसल्ला बढाउन तथा आगामी दिनमा धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहभागी गराउन सम्मान गरिएको प्रिन्सिपल ऐनिस जोसेफले बताइन् । पुरस्कार वितरण कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कृष्ण खत्रीले गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update