Shittalpati
भाइरल भयो वडा अध्यक्षको अश्लिल भिडियो 

गुल्मी, जिल्लाको सत्यवती गाउँपालिका–१ का वडाअध्यक्ष यति बेला समाजिक सञ्चालनमा भाइरल बनेका छन् । उनले सामाजिक सञ्जालमा अस्लिल र निर्लजता प्रर्दशन गरको भिडियो सार्वजनिक भएपछि भाईरल भएका हुन् ।

वडाअध्यक्ष अर्जुन कनौजेले महिलासँग गरेको घृणित यौनजन्य क्रियाकलाप सहितका भिडियोहरु  सार्वजनिक भए पछि अहिले सो विषयले व्यापकता पाएको छ । कतिपय महिलावादी र सामाजिक संघ संस्थाहरुले यस्तो क्रियाकपालमा वडाअध्यक्ष जस्तो जिम्मेवार व्यक्तिको संलग्नता हुनु आपराधिक क्रियाकलाप भएको आरोप लगाएका छन् । आरोपित कनौजेसँग यस विषमा बुझ्न खोज्दा उनी बैंठकमा भएका कारण सम्पर्कमा आउँन चाहेनन् । उनी निकटका आधिकारिक व्यक्तिसँग सम्पर्क गर्दा उनको फेसबुक आईडि ह्याक गरी भारतको कुनै ठाउँबाट उनीसँग फिरौती मागिएको र दिन नसकेपछि भिडियो भाईरल बनाईएको बताइएको छ । भिडियोमा कुरा गरी रहेकी महिला र उनी दुवैले नग्नता प्रर्दशन गर्दै संवेदनशील अंग प्रर्दशन, अश्लिल भिडियो, हाउभाउ,कुराकानी स्पष्टसँग देख्न र सुन्न सकिन्छ । विषय बाहिर आएपछि  गाउँपालिकाका समेत केही दिनदेखि छलफल र कानूनी परामर्शमा जुटेको छ । 
वडाअध्यक्षको संलग्नता  
गुल्मी सत्यवती १ का वडाअध्यक्ष अजुन कजौजे युवा हुन् । उनी र युवती बीच भएका विभिन्न समयका भिडियो क्लिप्सहरु हेर्दा र हाउभाउँ हेर्दा उनले आफ्नो कोठाबाट ती युवतीसँंग अस्लिल क्रियाकलाप जन्य भिडियोमा आफुलाई प्रर्दशन गरेको देखिन्छ । सार्वजनिक भिडियोमा उनी र युवती दुवैै नग्न अवस्थामा देखिन्छन् । केही दिन पछि ती युवतीले कनौजेलाई देखाएर ब्ल्याकमेल गरे पछि कनौजेले आफ्नो फेसबुक आईडिलाई डिलिट गरेको देखिन्छ । त्यसको लगत्तै ती युवतीले कनौजेको फेसबुक आईडिमा भएका कतिपय महत्वपूर्ण व्यक्ति र संस्थाका फेसबुुक आईडिमा भिडियो पोष्ट गरेर अंग्रेजी अक्षरमा हिन्दी भाष्य प्रयोग गरेको देखिन्छ । त्यस कारण उनले आफ्ना सबै आईडि र फेसबुक म्यासेञ्जर समेतका आइडि पनि गिरोहले पहिल्यै लिई सकेको हुन सक्ने अनुमान विज्ञहरुको छ ।
 यसरी हुन्छ ब्ल्याकमेल
विशेष गरेर भारत, नेपाल, श्रीलंका,पाकिस्तान,अफगानिस्थान, बंगलादेशका विभिन्न शहरका युवा युवती र विभिन्न व्यक्तिहरुले फेक आईडी निर्माण गरेर साथी बन्न आग्रह गर्ने र त्यहाँबाट युवतीहरुले भाईवरका माध्यमबाट सम्पर्क गर्ने अनि आफु नग्न भएर अनलाईनबाटै पुरुषहरुलाई समेत नग्न हुन लगाउने, पछि ब्ल्याकमेल  गरी मोटो रकम माग्ने र दिन नसकेमा फेसबुुकमा भएका फ्रेण्डर्सहरुलाई भिडियो पठाएर बदनाम गर्ने क्रियाकलाप नेपालमा अत्याधिक देखिन थालेको छ । सामाजिक सञ्जालको प्रयोग गरेर चिट्ठा परेको, करोडौ डलर पाईने जस्ता झुठा आश्वासन दिएर बैंक खाता, पोसपोर्ट, लाईसेन्स, नागरिकता नम्वर माग्ने र बैंकमा भएको पैसा निकाल्ने जस्ता आपराधिक कार्य दिन प्रति दिन बढी रहेका छन् ।  

सर्तकता आवश्यक  
सामाजिक सञ्जालको विस्तारसँगै सकारात्मक र नकारात्मक खालका समस्या उत्पन्न हुने गरेका घटानाहरु बाहिर आएका छन् । फेसबुक, ह्वाटसअप, टिवटर,भाइवर, इमो लगायतका माध्यमको प्रयोग गरी विशेषतः युवा वर्गलाई फासाउँने र ब्लेक मेलिंग गर्ने काम अहिले व्यापक रुपमा देखिन्छ । हाला कि, समस्या पछि ईज्जत जाने डरले धेरैले आफ्नो फेसबुक ह्याक भएको भन्ने गर्छन् । 
सामाजिक सज्जालको प्रयोगमा सचेत नभएका कारण यस्ता खालका समस्याहरु आउँने गरेका छन् । यहाँ सम्म कि यस्तो कुलतमा फस्ने व्यक्ति केही समयको अन्तरालमा मानसिक तनावको शिकार भएका छन् । यो पनि एउटा अपराध नै हो । साईवर क्राईम भने पनि समाजमा नकारात्मक क्रियाकलाप फैलाएर समाज दुषित बनाउँने प्रयास अन्र्तगतका कानूनहरु यसमा क्रियाशील हुने गर्छन् । वडा अध्यक्ष कनौजे केवल प्रतिनिधि पात्र मात्रै हुुन् । यस्ता साईवर समस्यामा फस्ने धेरैले समस्या भोगी रहेका छन् । त्यस कारण यसबाट बच्नका लागि अपरिचित व्यक्ति वा समूहले अनुरोध गर्दैमा स्वीकार्ने र गलतलाई गलत हो भन्ने कुरा बुझने तर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update