पाल्पाको तानसेनमा अमरनारायणको रथयात्रा (लाइभ)
                        
                        
                                                
                    पाल्पाको तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन अनुरुप आज निकालिएको हो ।
रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको साथै जिल्ला स्थित कार्यालय प्रमुख, टोल विकास संस्था, विद्यालयका शिक्षक विद्यार्थी, भजनमण्डली सहित सयौंको संख्यामा भक्तजनहरुको सहभागिता रहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:१७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
                                    थप भिडियो
                                
                            

 
                                                    
                                                 
                                                    
                                                 
                                                    
                                                 
                     
                     
                    
 
                     
                     
                     
                     
                    