Shittalpati
विद्यार्थीलाई शीत प्रशिक्षण

पाल्पा, शीत काव्य समाज नेपालले विद्यार्थीहरुका लागि शीत सम्बन्धी प्रशिक्षण दिएको छ । नेपालले पाल्पाको बगनासकाली गाउँपालिका यम्घास्थित सीता माविका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो ।

विद्यार्थीहरुलाई शीत सम्बन्धी जानकारी गराउने र लेख्न सिकाउने उद्देश्यले प्रशिक्षण दिइएको काव्य समाजले जनाएको छ । समाज नेपालका अध्यक्ष एवं शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले विद्यार्थीहरुलाई शीतका बारेमा प्रशिक्षण दिएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र ग‍ोपाल सिहले नेपाली साहित्य, पाल्पाको साहित्य र साहित्यकारमाथि प्रकाश पार्दै कविता लेख्न शीतले सहयोग गर्ने विश्वास व्यक्त गरे  ।  विद्यालयका प्रधानाध्यापक तेजराज पाण्डे, विद्यार्थीहरू अर्पणा बस्याल र द‍याराज सापकोटा लगायतले  प्रशिक्षणले साहित्यिक क्षेत्रमा लाग्न प्रेरण प्रदान गर्ने बताए ।  नियमानुसार अर्थपूर्ण शीत लेखनमा सक्रिय विद्यार्थीहरू मुना सोमै, निशान भट्टराई र सुमिना बस्याललाई पुरस्कृत गरिनुका साथै समाजको तर्फबाट विद्यालयलाई उपहार स्वरूप पुस्तकहरू प्रदान गरिएको थियो । कार्यक्रम शीत काव्य समाज पाल्पाका सचिव सुशील बस्यालको सहजीकरणमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update