Shittalpati
ढुंगा खसेर जिप च्यापिदा तीन जना घाइते

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सिद्धार्थ राजमार्गमा सडक माथिबाट खसेको ढुंगाले जिप च्यापिदा तीन जना घाइते भएका छन् । सोमबार बिहान ढुंगा खस्दा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको सिंगल क्याप पिकप बलेरो जिपलाई च्याप्दा गाडीमा सवार  तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–७ का ३२ वर्षीय विवेक कार्की, जिपमा सवार तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, रुपन्देहीको सुद्धोधन गाउँपालिका–४ का २४ वर्षीय चन्दन कार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइते मध्ये दिलीप, चन्दनको अवस्था मध्यम र चालक विवेकको सामन्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update