Shittalpati
पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन

पाल्पा, पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेली चेलीहरुले पाल्पामा गुल्मेली चेलीबेटी समुह गठन गरेका छन् । जिल्लामा रहेका गुल्मेली चेलीहरुको शनिबार तानसेनमा भएको भेलाले  गुल्मेली चेलीबेटी समुह गठन गरेको हो ।

भेलाले महिला नेतृ रमा पन्त ज्ञवालीको अध्यक्षतामा १३ सदस्यी समूह गठन गरेको छ । जसको  उपाध्यक्षमा लक्ष्मी पाण्डे, सचिवमा केशरी बस्नेत, कोषाध्यक्ष कमला पौडेल,  सह–सचिवमा रिता पौडेल रहेका छन् ।  समूूहको सदस्यहरुमा सरस्वती गौतम भट्टराई, मिना थापा, पद्यमा भट्टराई श्रेष्ठ, बिमला ज्ञवाली, सीता खनाल, मिना पचभैया, दमयन्ती बजिमय र इन्दिरा ज्ञवाली रहेका छन् । यस्तै भेलाले सल्लाहकारहरुमा धनकला गाहा,देवी रेग्मीलाई चयन गरेको छ ।

गुल्मेलीहरु बिच आपसी सम्बन्ध र आत्मीयता कायम गराई एक ढिक्का भई अगाडि बढ्ने गरी समूह गठन गरिएको अध्यक्ष रमा पन्तले बताईन् ।  उनले गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका चेलीहरुबिचको आत्मीयता, सद्भाव र सम्बन्धलाई थप नजिक बनाउन समूहले महत्वपूूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरिन् ।  अध्यक्ष पन्तले आगामी दिनमा समूूहलाई  सशक्त र रचनानात्मक ढंगले अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

364432131_3217999605013496_787577572154536083_n1691238037.jpg

 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update