Shittalpati
काँग्रेसको महासमिति बैठक मंसिरमा गर्ने  

पाल्पा, नेपाली काँग्रेसले विधान महाधिवेशनको सट्टा महासमितिको बैठक आगामी मंसिरमा गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले नीति महाधिवेशनले गर्ने कार्य महासमितिको बैठकबाट गर्ने निर्णय गरेको हो ।
 

काँग्रेसले महासमितिको बैठक मंसिर ११ देखि १३ गतेसम्म गर्ने भएको छ । ‘विधानमा नीति महाधिवेशनले गर्ने कामहरू गर्ने गरी मंसिर ११ देखि १३ गतेसम्म महासिमितको बैठक बोलाइएको छ,’ पार्टीले गरेको निर्णय सुनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने ।

उनले फरक प्रसंगमा नेपाली कांग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने पनि बताए । कांग्रेस केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमा कोही दोषी नउम्किउन्, कोही निर्दोष नफसुन् भन्ने नीतिका भ्रष्टाचार अभियानमा कांग्रेसले सरकारलाई साथ दिने शर्माले बताए । यस्तै अहिले गठबन्धनकै कारण कांग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update