Shittalpati
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु

पाल्पा, रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –१ बर्दीस्थित रिडी खोलमा खस्दा गुल्मीको छत्रकोट गाउँपालिका– ५ मानकोटका ४० वर्षीय निर्मल कुमालको मृत्यु भएको हो । 

मंगलबार दिउँसो खोला किसारमा हिडिरहेका बेला कुमाल अचनाक खोलामा खस्न पुगेका थिए । खोलामा खसकेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घटना लगत्तै प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गएको प्रहरी अनुुसन्धान अधिकृत सहितको टोलीले प्रारम्भीक अनुसन्धानपछि शवलाई पोष्टमार्टका लागि श्रीङ्गा स्वास्थ्यचौकी गुल्मीमा पठाइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update