Shittalpati
भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भैरहवा, भ्यानको ठक्करबाट भैरहवामा मोटरसाइकल चालकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका –४ हनुमान मन्दिरस्थित भित्री सडकखण्डमा मिलनचोकबाट गौतमबुद्ध विमानस्थलतर्फ जाँदै गरेको पीकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय धिरजसिंह राजपुतको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहीबार राति विमानस्थलतर्फ जाँदै गरेको भे १ च ३२९० नम्बरको पीकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको लु १३ प ९२४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका राजपुतको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । दुर्घटनामा टाउकोमा गम्भिर चोट लागेका राजपुतलाई अस्पताल पुर्‍याएको केहीबेरमै मेडिकल कलेजले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाले जनाएको छ । दुर्घटनापछि भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update