Shittalpati
गुल्मीमा कृषि एम्बुलेन्स सेवा सञ्चालन

रमेश विश्वकर्मा
गुल्मी । लकडाउनको समयमा किसानले उत्पादन गरेका कृषि उपजका वस्तुहरुको खरिद तथा विक्री वितरण गर्नका लागि गुल्मीमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि जिल्लामा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

यो समयमा कृषकहरुले उत्पादन गरेका वस्तुहरु बजारसम्म पु¥याउन समस्या परेको अवस्थामा जिल्लामा कृषि एम्बुलेन्स सेवा सञ्चालन भएको जानकारी पाएपछि यस क्षेत्रका किसानहरुमा अत्यन्तै खुशी भएका छन् । सत्यवती गाउँपालिकामा रहेको नयाँ अभियान कृषि सहकारी संस्था, रेसुङ्गा नगरपालिकामा रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था र कृषि ज्ञान केन्द्रको गरी तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याईएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । रेसुङ्गा नगरपालिका वडा १० का कृषक विनोद कुँवरले उत्पादन गरेका कृषि उपजहरु बिक्रिका लागि बुटवल पठाएर कृषि एम्बुलेन्सको सन्चालन गरिएको बताईएको छ । कृषि तथा सहकारी मन्त्रालयको निर्देशन अनुसार किसानले उत्पादन गरेका अति आवश्यक र छिट्टै बिग्रने कृषि उपजहरुलाई कृषि एम्बुलेन्स मार्फत सबन्धित ठाउँमा ढुवानी गरिदिने व्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update