Shittalpati
भ्रष्टाचार अक्षम्य

प्रकाश नेपाल
नक्कली शरणार्थीको विषय यतिबेला उत्कर्षमा छ । भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, बहालवाला सचिवलगायत दर्जन व्यक्ति हिरासतमा छन् । उनीहरूमाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गरेको अभियोग छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यो संगठित अपराधमा संलग्न सबै अपराधी हुन् । उनीहरूलाई ठूलो सजाय हुनुपर्छ । सानो सजायले पुग्दैन । गरिबीले च्यापिएर रोजगारीको प्रलोभनमा फसेका व्यक्तिलाई राष्ट्र र राष्ट्रियतालाई लिलामी गराएर अमेरीका निर्यात गर्ने हिम्मत गरेका जुझारु व्यक्तिहरु प्रहरीको हड्कडीमा पुुग्नुु सामन्य हैन । यो प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले दृढ इच्छाशक्ति देखाएका छन् । यो राम्रो पक्ष हो ।

कानुनभन्दा माथि कोही छैन् । ठूला–ठूला अपराधका घटना बेलाबेलामा आउने गर्छन् र समय बित्दै जाँदा सेलाउने पनि गरेका छन् । यो प्रकरण सेलाउनु हुँदैन । यसमा धेरैजनाको संलग्नता भएको पाइन्छ । सबै कारबाहीको भागीदार हुनुपर्छ । राजनीतिक नेतृत्व भ्रष्टाचारमा लिप्त भएका कारण पनि कर्मचारी संयन्त्र बिग्रेको हो । राजनीतिक नेतृत्वबाट गलत कार्य हुनुहुँदैन । त्यसो भयो भने सबै बिग्रिन्छ । कसैको डरधाक र प्रभावमा नपरी अनुसन्धान अघि बढ्यो भनेमात्र मुलुकमा कानुनी शासन भएको प्रत्याभूति हुनसक्छ । राजनीतिक शक्तिको आडले सबै कुरा अस्तव्यस्त बन्ने गरेको छ । जस्तो शक्ति उसको भक्ति हुने गरेको छ । पुराना राजनीतिक दलहरु भ्रष्टाचारका प्रकरणहरुमा लिप्त हुने उनीहरुकै हालिमुहाली हुँदै गएका कारण राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ पार्टीको उदय हुन पुुगेको छ । यसलाई पनि राम्रै मान्नुपर्छ । किन भने पुुराना दलहरुलाई सच्चिने अवसर पनि हो । विगतमा जे भयो–भयो, अब हुन दिनु हुँदैन । अनुसन्धानकर्तालाई सबैले उत्साही बनाउने काम गर्नु अहिलेको आवश्यकता हो । यसर्थ यस लेखमा नक्कली शरणार्थी प्रकरण र अन्य भ्रष्टाचारका विषयमा चर्चापरीचर्चा गर्ने प्रयास गरिएको छ ।

भूटानी प्रकरणका कारण मौसमसँगै राजनीति पनि त्यतिकै तातो बनेको सत्य र एथार्थ हो । सडकदेखि सदनसम्मको वस्तुस्थितीलाई नियाल्दा कहिल्यै चिसो नहुने गरी तात्यो । यो विषयमा धेरै व्यक्ति र व्यक्तित्वहरु प्रहरीको निगरानीमा रहेका छन् । तर यो प्रकरण बाहिर आएपछि राजनीतिक रुपमा धेरै अड्कल आशंका पनि उब्जिए । राजनैतिक व्यक्ति असल भए कर्मचारी तन्त्र आफै सुध्रिन्छ । दलका नेताहरु आफु र आफ्न्तमा केन्द्रीत भएका कारण न्यायलयसम्म पैसाले न्याय किर्नु पर्ने अवस्था आयो । मुलुकको अर्थ व्यवस्थादेखि राजनीतिकसम्म ध्वस्त बनाउने भ्रष्टाचारले नै हो । बालकृष्ण खाँण भनेको विगत पनि बोकेको भविश्य पनि उत्तिकै सुन्दर भएको, आम जनताले पत्याएका व्यक्ति समेत जोडिदा एक पटक सोच्नै पर्ने अवस्था नै आयो । खाँणका सवालमा धेरैलाई पत्यार लाग्ने नै होइन तर जोडिए । उनी प्रमाणित भई नसकेका व्यक्ति भएकाले उनको विषय त भविश्यले नै बताउँछ । नेपाल प्रहरीको अनुसन्धान कार्य फराकिलोबाट सागुरो बन्दै लगेको छ । यसमा ज्यादै बहस गर्नु पर्ने देखिदैन् । यति भनिरहँदा त भ्रष्टाचार फाइलका सवालमा अन्य विषयमा पनि एक पछि अर्को गरी खोल्नु पर्ने अबको आवश्याकता नै हो । यो प्रकरणमा मुख्य योजनाकार टोपबहादुर रायमाझी हुन् । उनीसँगै धेरै व्यक्ति तानिनु स्वभाविकै हो । यसबाट उनीसँगै उनको राजनैतिक जीवन समेत सधैँका लागि समाप्त भएको छ । उनले यसबाट उन्मूक्ति पाउनका लागि नेकपा एमाले त्यसमा पनि ओलीसँग निकट रहेका हुन् भन्ने कुरा घटनाले पुष्टि गरिससकेको छ । कानुनलाई छल्नका निम्ति अनेक प्रत्यन गरे पनि अन्ततः उनी असफल भएका हुन् । ढिलै भए पनि उनी कानुनी कठघरामा उभिदा उनको मुहारमा गलत गरेको भान हुँदैन थियो । यसको पछाडी धेरै कारणहरु लुकेका छन् । यस्ता कुपात्रले मूलुकलाई टाट पल्टाएका हुन् । यसलाई सुरुदेखि अध्ययन अनुसन्धान गरेर अन्तिम किनारामा पुर्याउने प्रहरी, गृहमन्त्री धन्यवादका पात्र हुन् । फाइल त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तदेखि निर्वाचन आयोगका आयुक्तसम्मलाई अनुसन्धानको दायारामा ल्याउनु पर्ने एक पछि अर्को घटना क्रमले बतायो । काँग्रेसका सभापति तथा पूूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले नै प्रमुख आयुक्त सिफारिस गरेका व्यक्तिले मन्त्रीदेखि नै फाइल खोले कानुनी दायारा भित्र ल्याए । सूूर्यनाथ उपाध्ययदेखि अन्य आयुक्तले ठूूला–ठूूला प्रकरणका फाइल खोल्ने आट नै नगरेको एथार्थ हो । लोकमान सिंहले खोल्नेवाला थिए तर उनलाई यही भयका कारण महाअभियोग लगाएर पदच्युत गरियो । सत्य त केही समय लुकाउन सकिएला तर लामो समय लुकाउन खोज्दा दस ठाँउ ढाट्नु पर्ने रहिन्छ । अब सत्यलाई नेपाल प्रहरीले बाहिर ल्याउनै पर्छ  । पुराना फाइलहरु खोल्नै पर्छ । पुराना फाइलहरु यसै गरी खोलियो भने कारागार पनि भरिन्छ की ? यो प्रकरणमा स्वार्थ भन्दा माथि उठ्नै पर्दछ । अनि बल्ल आमजनताले सरकार भएको महसुस गर्ने छन् । राजनैतिक दलहरुले पनि सम्मान पाउने छन् । संसदको सार्वजनिक लेखा समितिले दिएको प्रतिवेदन विमान खरिद प्रकरणलाई पनि सत्ता शक्तिको आडमा त्यसै खेरा फालियो । शक्तिको आडमा जनता तथा मुलुकलाई ठूूलो क्षति पु¥याएका प्रकरणलाई ओझेलमा पारियो मुलुक डुवाउनेलाई छाडियो । गोकुल बास्कोटाको अडियो सार्वजनिक भयो त्यस प्रकरणमा प्रमुख मुद्धा नै पारियो । यो प्रकरणमा तथ्य कुरा आम जनताले अपेक्षा गरेका छन् । यो विषयलाई शक्ति र सत्ताको आडमा लुकाइयो ।

भुटानी शरणार्थीको मात्र फाइल खोलेर सरकार पन्छिन् पाउँदैन । मोवाइल सेवा प्रदायक संस्था एनसेलको विषयमा समेत अरबौ रुपैयाँको लेनदेनमा मिलाएर छाडियो यो प्रकरणले समेत राज्यलाई कति नोक्सान पु¥यायो । यसको पनि अब हिसाब किताब खोज्न जरुरी छ । यस्ता प्रकरणमा तीन पुस्ता माथिका व्यक्तिको लेनदेन भएको भेटिन्छ । यो प्रकरणलाई पनि सत्ता शक्तिको आडमा राज्यलाई व्ययभार बोकाउने तत्वलाई उन्मुक्ति दिइयो । नेकपा एमालेका प्रभावशाली नेता निर्वाचन आयोगको सेतो पेलेटको सवारी साधनलाई निजी बनाएर प्रयोग गर्दासम्म लाज पचाउने एमालेका नेता नै ठूूला–ठूूला प्रकरणमा जोडिएको विषय बाहिरिएका छन् । यो विषयमा सत्य तथ्य कुरा बाहिर आउनु पर्ने थियो तर अहिलेसम्म आउन नसक्नु पनि रहस्यमय हो । भ्रष्टाचारको प्रकरण र विषय जोडिएका फाइल नै नखोल्ने शर्तमा अख्तियारको प्रमुख आयुक्त नियुक्ति गरियो । काठमाडौंको जमिन प्रकरणमा विष्णु पौडेललाई ओली कै दवाबमा उन्मुक्ति दिलाइयो । नाराहिटी जमिन भाडा प्रकरणमा समेत सत्ता शक्तिको आडमा त्यसै नै छाडियो । यस्ता प्रकरणहरुका विषय असख्या नै छन् । सबै प्रकरणका फाइलहरु पुनः अनुसन्धान गरिनु पर्छ । अनि बल्ल मुलुक समृद्धिको बाटोमा आउने छ । भ्रष्टचारले मुलुक खोक्रो बनाएर युवा शक्तिलाई विदेशको राप र तापमा रगत र पसिना बगाउन बाध्य बनाउने अनि यहाँ सुखी नेपाली समृद्धि नेपालीको नारा लगाउनुु व्यर्थ हो ।

अहिलेको अवस्थामा भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुुनी कारवाहीको दायरामा ल्याउनुु भने गृह र प्रहरी–प्रशासनलाई आफ्नो छवि सुधार्ने एउटा गतिलो अवसर पनि हो । जसमा उनीहरू चुक्नु हुन्न । भ्रष्टाचार जस्तो अपराधमा जतिसुकै शक्तिशाली ओहदाका पात्र मुछिएका भए पनि तिनलाई कारवाहीको दायरामा ल्याउनैपर्छ । र, ‘आफ्ना’ लाई जोगाउन शीर्षस्थ राजनीतिक नेताहरूले आफ्नो हैसियत भुलेर अड्डा–निकाय धाउने तथा मन्त्री–प्रधानमन्त्रीलाई अनुरोध गर्ने गल्ती गर्नु हुँदैन । अपराधमा संलग्न जोकोही दण्डित हुने वातावरण बनाउन सबैले सघाउनुपर्छ ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update