Shittalpati
पाल्पा बस दुर्घटना : मृतको पहिचान खुल्यो, घाइतेको संख्या ३८ पुग्यो (नामवली सहित)

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका– ५ जोरधारामा भएको बस दुर्घटना परी मृत्युु हुनेको शव पहिचान भएको छ । मृत्युु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–३, की ३५ वर्षीया राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो ।

बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै आइतबार विहान दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते हुनेको संख्या ३८ पुगेको छ ।

घाइते हुनेहरुमा सत्यवती गाउँपालिका–५ गुल्मीकी १३ वर्षीया विनिता भण्डारी,सोही ठाउँकी ६६ वर्षीया कुुन्ती भण्डारी, इस्मा गाउँपालिका– ३ गुल्मीका २७ वर्षीय प्रेमबहादुर मुखिया, बाग्लुुङ्ग बढीगाड गाउँपालिका –१० का २४ वर्षीय तिलक विक, सोही ठाउँकी ३० वर्षीया सरिता विक, उनको साढे २ वर्षका छोरा सतिश विक, बुटवल उपमहानगरपालिका–२ का ३६ वर्षीय अनुज कुमार गुुप्ता, गुल्मी दरबार गाउँपालिका–२ का १४ वर्षीय गौरव सुनार,रैनादेवी छहरा –४ पाल्पाका २९ वर्षीय दीपक परियार, सोही ठाउँका २८ वर्षीया ओमप्रकाश कोइराला, बुटवल उपमहानगरपालिका –७ का ४५ वर्षीय दीपेश थापा, गुल्मी चन्द्रकोट गाउँपालिका –८ का १७ वर्षीय विपिन पल्ली,चोरकाटेका १२ वर्षीय विष्णु भण्डारी, गुल्मी दरबार गाउँपालिका –२ की २३ वर्षीया गंगा बराली, उनका २ वर्षीय छोरा अनुभव बराली, सोही ठाउँका ३२ वर्षीय राजु बराली, देवदह नगपालिका –३ रुपन्देहीका ४८ वर्षीय यमनाथ पौडेल, गल्कोट नगरपालिका –४ बाग्लुङ्गका ६४ वर्षीय रामबहादुर खत्री, दैलेख आठविस नगरपालिका–९ की ३० वर्षीया मिना सिङजापति, बागलङ्ग गल्कोट नगरपालिका–४ का ७३ वर्षीय कर्णबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै गुल्मी धुर्कोट गाउँपालिका–५ का ४९ वर्षीय भिमानन्द भण्डारी, नवलपरासी कावासती नगरपालिका–३ की ६१ वर्षीया लिला कंडेल,रिब्दीकोट गाउँपालिका–२ की ५९ वर्षीया कमला कुंवर, परिश्चम रुकुमका ३५ वर्षीय राजेश कुमार पुन, नवलपरासी मध्यविन्दु नगरपालिका–१० का ३२ वर्षीय रुपेश श्रेष्ठ, तानसेन नगरपालिका –१४ अर्गेलीका ४५ वर्षीय विष्णु पाण्डे, तिलोतमा नगरपालिका मणिग्राम रुपन्देहीकी २३ वर्षीया अनिता पाण्डे, हुम्ला सार्कीघाट गाउँपालिका –३ का ३८ वर्षीय गणेश फडेरा पनि घाइते रहेका छन् ।

यस्तै रैनादेवी छहरा गाउँपालिका कुसुमखोलाकी ६६ वर्षीया विष्णुु थापा, देवदह नगरपालिका –५ खैरेनीका ३८ वर्षीय केशव वर्देवा, तिलोतमा नगरपालिका भलुहीकी ४० वर्षीया इन्द्र दर्जी, गल्कोट नगरपालिका–४ बाग्लुङ्गकी ३८ वर्षीया कोपिला नेपाली, सोही ठाउँकी ११ वर्षीया स्नाक्षी नेपाली, दाङ देउखुरी गाउँपालिका–५ सिसनिहाका २८ वर्षीय सुुनिल चौधरी, सोही ठाउँकी २८ वर्षीया दुर्गा चौधरी, सत्यवती गाउँपालिका –१ गुल्मीकी १९ वर्षीया रेस्मा पाण्डे, अर्घाखाँचीका ४० वर्षीय बस चालक तुल्सीराम पाण्डे, बुटवल उपहानगरपालिकाकी ४३ वर्षीया पुष्पा मिदुन घाइते रहेको प्रहरीले जनाएको छ । घाईते ३८ जनाकै लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घाईते भएका मध्ये ११ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । अन्यको हात खुट्टा, टाउको छातीमा चोटपटक लागेको छ ।

बस तिव्र गतिमा रहेकाले घूम्ती काट्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको उपरीक्षक थापाले बताए । बस सडकबाट करीव १०० मिटर तल खसेको छ । घाईतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल पठाएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update