Shittalpati
पाल्पामा बस दुर्घटना : एकको मृत्यु, ३६ घाइते (अपडेट)

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्ग अन्तर्गत जोरधारा नजिकै आइतबार विहान दुर्घटना हुँदा रुपन्देहीको देवदह नगरपालिका–३, की ३५ वर्षीया राधिका पौडेलको मृत्यु भएको हो ।

दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन् । घाईतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घाईते भएका मध्ये ५ जनाको अवस्था गम्भिर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट राजु शाक्यले बताए । उनका अनुसार अन्यको हात खुट्टा, टाउको छातीमा चोटपटक लागेको छ ।

बस तिव्र गतिमा रहेकाले घूम्ती काट्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । बस सडक बाट करीव १०० मिटर तल खसेको छ । घाईतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल पठाएका छन् । घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update