Shittalpati
पाल्पाको जोरधारामा बस दुर्घटना : एकको मृत्यु, १० यात्रु घाइते

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारामा बस दुर्घटना भएको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै आज विहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ, भने १० जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको छ । बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update