Shittalpati
दुर्घटनामा युवकको मृत्यु

खस्यौली । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ३० प ३८०४ नं. को मोटरसाइकल वडा नं ८ स्थित बाँसगढीमा भएको दुर्घटनामा सैनामैना–४ मुर्गिया निवासी २७ वर्षीय सागर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए । मोटरसाइकल नियन्त्रण हुन नसक्दा दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update