Shittalpati
कोरोनाको प्रभाव : बाहिरी जिल्लाको तरकारीमा रोक

कृष्ण पोखरेल
पाल्पा,विहिवारदेखी जिल्लामा बाहिरी जिल्लाको तरकारी खरिद विक्रिमा रोक लगाइएको छ । कोरोना भाइरस सक्रमणको जोखिमबाट बच्न र बचाउन भन्दै अन्तर जिल्लाबाट हुने तरकारी दुध जन्य पदार्थको खरिद तथा आयतमा रोक लगाइएको हो । लकडाउनको समयमा पनि तराई तथा भारतीय बजारबाट दिनहँु तरकारी आईरहेकाले भाइरस सक्रमणबाट बच्न अन्य जिल्लाबाट आयात हुने तरकारीमा स्थानीय प्रशासनले रोक लगाएको छ । पाल्पा जिल्ला रुपन्देही, नवलपरासी, तनहुँ, स्याङ्जा, गुल्मी, अर्घाखाची जिल्लासँग सिमाना जोडिएको छ । दैनिक ५ घण्टा खाद्याजन्य पसल खुल्दै आएकोमा हाल हप्तामा ६ घण्टा मात्र खाद्यान्न पसल खोल्ने निर्यण स्थानीय प्रशासनले गरेको हो ।

तरकारी तथा दुध विहान ९ देखी ११ बजेसम्म, खाद्यान्न आईतवार, मंगलवार र विहिवार विहान ९ देखी ११ बजे सम्म खोल्ने निर्यण गरेको खाद्यान्न तथा आपुर्ती समितिका संयोजक तथा जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताए । औषधी पसलहरु भने नियमित खोल्नु पर्ने, बन्द गरेको पाईएमा औषधी पसल सञ्चलाकहरुलाई कारवाही गरिने समेत समितिले निर्यण गरेको छ । हाल सदरमुकाम तानसेनमा मदनपोखरा, दमकडा, डुम्रे, मस्याम र अर्गली क्षेत्रबाट तरकारी आयात हँुदै आएको छ । पाल्पाको तरकारी अन्य जिल्लामा निर्यातमा भने रोक नलगाएको समितिले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update