Shittalpati
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बुटवल, मोटरसाइकल दुर्घटनजा हुँदा रुपन्देहीमा एक जनाको मृत्युु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा शुक्रबारराति मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँन पुुग्दा चालक सोही ठाउँका ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्युु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो । बुुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २५ प ८४२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update