रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट
बुधबार, वैशाख २६, २०८१
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
मंगलबार, वैशाख २५, २०८१
पाल्पाका व्यबसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ । मानिसले आफ्नो फाईदाको लागि पशुपक्षिको प्रयोग गर्दै आएको भएता पनि उनीहरुलाई यातना, हिंसारहित तरीका, उनीहरुको अधिकार तथा कल्याणलाई मध्यनजर गरेर पशुपालन गर्नुपर्नेमा लुम्बिनी प्रदेश पशु पक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले अभियान चलाएको...
रैनादेवी छहरा गाउँपालिकाले थाल्यो मोबाइल एप्स सेवा
सोमबार, वैशाख २४, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आफ्नो सेवा चुस्त दुस्त बनाउदै सेवाग्राहीहरुलाई अनलाईनबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ “रैनादेवी छहरा“ नामको आफ्नो मोबाइल एप्लिकेशनको सुरुवात गरेको छ ।
तानसेनको ‘मखनटोल सडक’ धुलाम्य, तत्काल व्यवस्थित नगरे आवत जावतमा रोक लगाउने स्थानीयको चेतावनी
शुक्रबार, वैशाख २१, २०८१
जिल्लाको तानसेनस्थित मखनटोल सडक धुलाम्य बनेको छ ।
एमाले तानसेनको अध्यक्षमा पुनः आत्रेय
बुधबार, वैशाख १९, २०८१
नेकपा एमाले तानसेन नगर कमिटीको अध्यक्षमा पुनः गुराँश आत्रेय निर्विरोध निर्वाचित भएका छन् । बुधबार तानसेनमा भएको एमालेको दोस्रो अधिवेशनले आत्रेयलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
तानसेनमा मस्तिष्क पक्षघातका बालबालिकाहरुको लागि यातायात सेवा सञ्चालन
आइतबार, वैशाख १६, २०८१
विभिन्न किसिमका मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको लागि डे केयर सम्म आउन जानको लागि यातायात सेवा सञ्चालन भएको छ । यातायात सेवाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मस्तिष्क पक्षघात भएका बालवालिकाहरुलाई यातायात सवारी साधनमा चढाई शुभारम्भ गरे ।
तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन एमालेको माग
आइतबार, वैशाख १६, २०८१
तानसेन खानेपानी महशुलमा ५० प्रतिशत छुट दिन नेकपा एमाले तानसेन नगर कमिटीले उपभोक्ता समिति समक्ष माग गरेको छ । उसले तानसेन खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण गराउँदै तत्काल उपभोक्तालाई खानेपानी महशुलमा हाल चलिरहेको मुल्यमा ५० प्रतिशत रकम छुट दिन माग गरेको हो ।
बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित
बिहीबार, वैशाख १३, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाले पालिका भित्र रहेका लामाधामीहरुलाई सम्मान गरेको छ । लामाधामीहरुमार्फत नै अन्धविश्वासलाई हटाई विरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मान्यता स्थापित गराउन पालिकाले उनीहरुलाई सम्मान गरेको हो ।
मन, बचन, कर्म र शरीरलाई स्वस्थ राख्न दैनिक योग अभ्यास
बुधबार, वैशाख ५, २०८१
अहिले नेपालमा मानिसको जन्मदर घट्दै गएको छ तर विरामी र अस्पताल स्वास्थ्य संस्थाको संख्या दिनहुँ बढ्दै गएको छ । गाउँको सामुदायिक स्वाथ्य केन्द्रदेखि राजधानी काठमाडौं सम्मका ठूला अस्पतालहरुसम्म विभिन्न रोगका विरामीहरुले भरिएका छन् ।
पाल्पाको रिब्दीकोटमा प्राङ्गारिक मल कारखाना निर्माण हुँदै
सोमबार, वैशाख ३, २०८१
जिल्लाको रिव्दीकोट गाउँपालिकाको –५ को नयाँ टोलमा प्राङ्गारिक मल कारखाना निमार्ण शुरु भएको छ । मल कारखानाको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले विधिवत रुपमा पुजापाठ गरी शिलन्यास गरेका छन् ।
अम्रिसोले डाँडै हरियाली
आइतबार, वैशाख २, २०८१
जिल्लाको निस्दी गाउँपालिका–३ काउँलेडाँडा अम्रिसोले हरियाली भएको छ । १४ बर्ष अघि वनमारा झारले कुरुप बनेको डाँडा अहिले अम्रिसोले हराभरा मात्र भएको छैन् गाउँलेको राम्रो आम्दानीको स्रोत समेत बनेको छ ।
पूर्वखोला गाउँ सरकारको दोस्रो चौमासिक प्रगति ४३ प्रतिशत
बिहीबार, चैत २९, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिकाको दोस्रो चौमासिक प्रगति ४३ प्रतिशत हासिल भएको छ । चालु आर्थिक वर्षको श्रावणदेखि फागुनसम्म आठ महिनाको अवधिमा गाउँपालिकाले चालुतर्फ ४६.३१ प्रतिशत र पुँजीगततर्फ ३५.०९ प्रतिशत बजेट खर्च गरी ४३.५ प्रतिशत प्रगति हासिल गरेको हो ।

