बगनासकाली बन्यो लुम्बिनी प्रदेशकै पहिलो ‘बालमैत्री’ गाउँपालिका
शनिबार, चैत १४, २०७७
नेपाल पब्लिक क्याम्पस संघ पाल्पाको अध्यक्षमा ज्ञवाली
शनिबार, चैत १४, २०७७
जिल्लाका सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघ पाल्पाको अध्यक्षमा राधेश्याम ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको संघको तेस्रो अधिवेशनले ज्ञवालीलाई सर्वसहमत रुपमा अध्यक्षमा चयन गरेको हो । ज्ञवाली तानसेन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख हुन् ।
राष्ट्रिय पत्रकारिता पुरस्कार स्व.कसजुलाई
शनिबार, चैत १४, २०७७
राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ वरिष्ठ पत्रकार स्व.विनयकुमार कसजूलाई (मरोणोपरान्त) प्रदान गरिने भएको छ । पत्रकार महासंघ पाल्पाले लुम्बिनी मेडिकल कलेजको सहयोगमा स्थापना गरेको पत्रकारिता पुरस्कार स्व. कसजूलाई प्रदान गरिने भएको हो ।
नेपालले वैशाखमा त्रिदेशीय टी–२० शृङ्खला खेल्न
शनिबार, चैत १४, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही वैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही वैशाख ४ देखि ११ गतेसम्म हुने नेपाल त्रिकेट संघ(क्यान) ले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ...
एल.आई सी नेपालद्वारा मृत्यु दावी भुक्तानी
शनिबार, चैत १४, २०७७
एल.आई. सी नेपाल लिमिटेड नेपाल पाल्पा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी बापतको ६ लाख ९० हजार ५ सय २० रुपैयाँ रकम मृतको परिवारलाई हस्तान्तरण गरेको हो । शाखाले तिनाउ गाउँपालिका वडा नंं ६ डुम्रेका महेन्द्र सिंह अस्लामी थापाको मृत्यु दावी भुक्तानी बापतको रकमको चेक...
‘लकडाउन’ होइन, स्वास्थ्य मापदण्ड पालना गरौं
शनिबार, चैत १४, २०७७
छिमेकी देश भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि नेपालमा पनि त्यसको त्रास फैलिएको छ । अन्य छिमेकी देशहरुले कोरोना नियन्त्रण गर्न भन्दै केही स्थानमा लकडाउन समेत गरेको अवस्था छ । नेपालमा पनि लकडाउनको हल्ला चलिरहेको छ । हल्ला चल्नु पनि स्वभाविक नै हो ।
होली नखेल्न आग्रह
शनिबार, चैत १४, २०७७
जिल्ला प्रशासन कार्यालय पाल्पाले यस वर्षको होली पर्व सामुहिक रुपमा नखेल्न आग्रह गरेको छ ।
लुम्बिनी प्रदेश राजधानीको जग्गा रोक्का आंशिक फुकुवा
शुक्रबार, चैत १३, २०७७
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको सातौ हिउँदे अधिवेशन यही चैत १८ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाबमोजिम अधिवेशन बस्ने समयसहित...
गुल्मीमा खानेपानीको अवस्था बुझ्न तथ्याङ्क संकलन गरिदै
शुक्रबार, चैत १३, २०७७
जिल्लामा खानेपानीको अवस्था बुझ्न तथ्याङ्क संकलन गरिने भएको छ । जिल्लामा रहेका खानेपानीको सबै संरचनाको तथ्याङ्क संकलन गरिने भएको हो । स्थानीय खानेपानी सरसफाइ तथा स्वच्छता योजना निर्माण गर्नका लागि एन–वास मोबाइल एप्लिकेसनमार्फत तथ्याङ्क संकलन गर्न थालिएको छ ।
पाल्पामा स्वास्थ्य मापदण्डमा कडाइ, मास्क नलगाई हिड्नेलाई कारवाही गरिने
शुक्रबार, चैत १३, २०७७
भारत लगायत छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि पूर्वसावधानी अपनाउन थालिएको छ । कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड कार्यन्वयनमा कडाइसँगै पूर्वसावधानी अपनाउन थालिएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैंठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...
श्रीनगर युवा रेडक्रस सर्कलद्वारा छात्रालाई ‘स्यानिटरी प्याड’
शुक्रबार, चैत १३, २०७७
रजस्वलाका बेलामा पनि नियमित रुपमा विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले सामुदायिक विद्यालयका छात्राहरुलाई ‘स्यानिटरी प्याड’ वितरण गरिएको छ ।
नेपाल र कीर्गिस्तान गोलरहित बराबरी
शुक्रबार, चैत १३, २०७७
त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र कीर्गिस्तानको ओलम्पिक टिमबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा छ । बिहीबार दशरथ रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।घरेलु दर्शकको अगाडि घरेलु मैदानमा खेलिरहेको नेपालले पहिलो हाफमा गोलका केही अवसर पाए पनि गोल गर्न सकेन ।


