प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित
मंगलबार, असार ११, २०८१
एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी
मंगलबार, असार ११, २०८१
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । कार्यालयले उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी थालेको हो ।
आज मगर जातिको भूमि पर्व
मंगलबार, असार ११, २०८१
मगर समुदायको प्रमुख चाड मध्ये भूमी पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै मगर समुदायले यो पूजा गर्दै आएका...
पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा
सोमबार, असार १०, २०८१
जिल्लाको पूर्वखोला गाउँपालिकाले कृषि र पशुुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले ‘गरौं व्यवसायिक कृषि , पशुपालन यसैबाट सुुरु हुन्छ पूर्वखोलाको समृद्धि’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१÷०८२ का लागि कृषि र पशुुपालनलाई उच्च प्राथमिकतामा राखेको हो ।
म भक्त भूमिको
सोमबार, असार १०, २०८१
तिमी एउटा जमीन,तिमी एउटा सुन्दर माटो,
आन्नद लाग्छ खाँदा आफ्नै ठाउँको आटो ।
बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट
सोमबार, असार १०, २०८१
बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा आगामी आर्थिक वर्षको लागि उक्त रकमको बजेट ल्याएकी हुन् ।
गाई तस्करी रोकौं
सोमबार, असार १०, २०८१
नेपालमा भारतीय सीमा क्षेत्रको प्रयोग गरेर गाई गोरुको अवैध तस्करी बढेको छ । विशेष गरेर यो तस्करीमा प्रहरी समेतको संलग्नता भएको आशंका गरिएको छ ।
मौसमा बदली : चार प्रदेशमा बिहानैदेखि वर्षा
आइतबार, असार ९, २०८१
देशका केही भू–भागमा वर्षाको सम्भावना छ । केही स्थानमा आइतबारदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिक बदली छ ।
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने
आइतबार, असार ९, २०८१
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
आइतबार, असार ९, २०८१
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक पाँच दशमलव ३७ अंकले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
आइतबार, असार ९, २०८१
बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेनन् ।
आज विश्व एकल महिला दिवस
आइतबार, असार ९, २०८१
आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । दिवसका अवसरमा देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ ।
लुम्बिनीको सञ्चार बजेटप्रति प्रकाशन तथा प्रशारण संघको आपत्ति
शुक्रबार, असार ७, २०८१
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले आपत्ति जनाएको छ ।


