सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुन्छ : उपसभापति श्रेष्ठ
आइतबार, साउन ६, २०८१
विश्वासको मत लिँदै प्रधानमन्त्री ओली
आइतबार, साउन ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा (आज) आइतबार विश्वासको मत लिंदै छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक हप्तामै उनले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
आज गुरु पर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै
आइतबार, साउन ६, २०८१
आज देशभर गुरु पूर्णिमा मनाइँदै छ । असार शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको...
पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी
शनिबार, साउन ५, २०८१
तानसेनमा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी भएको छ । नेपाल नेत्रज्योति संघ र पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत रहेका आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।
भोली बीपी स्मृति दिवस : पाल्पा र गुल्मीमा काँग्रेसका यस्ता छन् कार्यक्रम
शनिबार, साउन ५, २०८१
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी भोली देशैभर मनाइँदैछ । कोइरालाको स्मृतिका अवसरमा नेपाली काँग्रेस र पार्टीका भ्रातृ संगठनले देशभर कार्यक्रम तय गरेका छन् ।
तानसेनमा जेसिज सप्ताह
शनिबार, साउन ५, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा जेसिज सप्ताह २०२४ सुुरु भएको छ । पाल्पा जेसिजको आयोजनामा साउन १० गतेसम्म सञ्चालन हुने जेसिज सप्ताह शुक्रबारदेखि सुरु भएको हो । सप्ताहको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्ति विकासमा महत्वपूर्ण भूमिका खेल्दै...
गुल्मीमा राहदानीबाट ६ करोड भन्दा बढी राजस्व संकलन
शुक्रबार, साउन ४, २०८१
जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८०/८१ मा राहदानीबाट मात्र ६ करोडभन्दा बढीको राजस्व संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सबैभन्दा बढी राजस्व राहदानीबाट संकल भएको जानकारी दिए । १२ हजार चार सय ५० राहदानी वितरण गर्दा आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ३३ लाख रुपैयाँ संकल...
बुटवल बसपार्कमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा
बिहीबार, साउन ३, २०८१
बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिकाले पहिलो चरणमा बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा ल्याएको हो ।


