सकारात्मक शिक्षा फैलाउँदै ईश्वरीय विश्व विद्यालय
बुधबार, वैशाख १९, २०८१

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
बुधबार, वैशाख १९, २०८१
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना सार्वजनिक
मंगलबार, वैशाख १८, २०८१
ग्लोबल आईएमई बैंकले “ग्लोबल ग्रिन आवास कर्जा” योजना ल्याएको छ । बैंकले ८.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना ल्याएको हो ।

स्याङ्जामा चक्कु प्रहारबाट युवकको मृत्यु
सोमबार, वैशाख १७, २०८१
स्याङ्जाको वालिङ नगरपालिका –१३ बायांटारीमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । दाङका २० वर्षीय आयुष चौधरीको चक्कु प्रहारबाट मृत्यु भएको हो ।

आज विश्व नृत्य दिवस मनाइँदै
सोमबार, वैशाख १७, २०८१
आज विश्व नृत्य दिवस संसारभर नृत्य सम्बन्धी विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष अप्रिल २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस
आइतबार, वैशाख १६, २०८१
हरेक वर्ष अप्रिल २८ तारिख अर्थात् आजकै दिन विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस मनाउने गरिन्छ । दिवसका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा पनि दिवसका दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को संयुक्त आयोजनामा विभिन्न तालिम...

टिपरको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको मृत्यु
शनिबार, वैशाख १५, २०८१
पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रानीमहल संरक्षणका लागि सभामुखलाई ध्यानाकर्षण
शुक्रबार, वैशाख १४, २०८१
पाल्पाको पर्यटकीय तथा ऐतिहासिक रानीमहल दरबार संरक्षणका लागि संघीय संसद्का सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइएको छ ।

फेरि उकालो लाग्यो सुनको भाउ
शुक्रबार, वैशाख १४, २०८१
सुनको मूल्य फेरि उकालो लागेको छ । केही दिन सुनको मूल्यमा गिरावट आए पनि अहिले पुनः उकालो लागेको हो । अघिल्लो दिनको तुलनामा शुक्रबार एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँ मूल्य बढेको छ ।

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
शुक्रबार, वैशाख १४, २०८१
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रिडी–तम्घास सडक खण्डस्थित गुल्मीदरबार गाउँपालिका–३ म्यालपोखरीमा गौडाकोटदेखि बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

आजदेखि कक्षा १२ को परीक्षा सुरू
शुक्रबार, वैशाख १४, २०८१
आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुन लागेको हो ।

पाल्पामा स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ
बिहीबार, वैशाख १३, २०८१
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको सम्मानजनक बिदाइ गरेको छ । उसले विहीबार विश्व औलो दिवसको अवसरमा ६० वर्ष उमेर पुगेका स्वयंसेवीकाहरुलाई सम्मान सहित बिदाइ गरेको हो ।